वीरगञ्ज महानगरको टिकट नपाएपछि राजपाका महासचिवले पार्टी छोडे

   
409   पटक पढिएको

मंगलवार, भदौ २०, २०७४

वीरगन्ज : प्रदेश नम्बर २ को एक मात्र महानगर वीरगन्ज महानगरपालिकको मेयरमा पार्टी नेतृत्वले टिकट नदिएपछि राष्ट्रिय जनता पार्टी ९राजपा० का महासचिव एंव पूर्वमेयर विमल श्रीवास्तवले पार्टी परित्याग गरेका छन्। काठमाडौंबाट मङगलबार साँझ पार्टी नेतृत्वले वीरगन्जको मेयरमा पार्टीका अर्का महासचिव राजेशमान सिंहलाई उम्मेदवार बनाएको औपचारिक घोषणा गरे लगत्तै श्रीवास्तवले वीरगन्ज स्थित आफ्नो निवासमा मङगलबार साँझ आफ्ना समर्थक नेता कार्यकर्ता माझ पार्टी परित्यागको घोषणा गरेका हुन्। राजपा परित्याग गरेका श्रीवास्तव विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमा प्रवेश गरेका छन्।


राजपाले मधेसी जनताको भावना विपरित काम गरेकाले पार्टी परित्याग गरेको श्रीवास्तवको भनाइ छ। ‘राजपाले वीरगन्जको सवालमा जुन निर्णय गरेको छ त्यो मधेसी जनताको भावना विपरित हो’, श्रीवास्तवले भने, ‘पैसाको चलखेल गरेर वीरगन्जको मेयरको टिकट बिक्री भएको छ।’ उनले बुधबार लोकतान्त्रिक फोरमका तर्फबाट वीरगन्ज महानगरको मेयरमा मनोनयन दर्ता गर्ने उद्घोष समेत गरेका छन्।
राजपाले वीरगन्जको मेयरमा सिंहलाई मेयर पदको उम्मेदवार बनाएपछि श्रीवास्तवसंगै राजपाका केन्द्रीय सदस्यहरु शशीकपुर मियाँ, पुरुषोत्तमलाल झा, लक्ष्मीकान्त तिवारी, किशोरी यादवले पनि राजीनामा दिएका छन्। उनीहरु पनि लोकतान्त्रिक फोरममा प्रवेश गरेका छन्।
राजनीतिक यात्रामा गुरु र चेला भनेर चिनिएका श्रीवास्तव र सिंह २०७० सालको संविधानसभाको निर्वाचनमा पनि एउटै क्षेत्र पर्सा क्षेत्र नम्बर १ बाट चुनाव लडेका थिए। त्यस बेला श्रीवास्तव तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीबाट र सिंह तत्कालीन राष्ट्रिय मधेस समाजवादी पार्टीबाट चुनावी मैदानमा थिए।

कांग्रेसका उम्मेदवार राजेन्द्रबहादुर अमात्य निर्वाचित भएको उक्त निर्वाचनमा श्रीवास्तव दोश्रो स्थानमा र सिंह तेश्रो स्थानमा सिमित भएका थिए। दोश्रो संविधानसभाको निर्वाचन अघि राप्रपामा रहेका श्रीवास्तवको राजनीतिक सहयोगीका रुपमा सिंह परिचित थिए।

सिंह २०५४ सालको स्थानीय निर्वाचनमा तत्कालीन वीरगन्ज उपमहानगरपालिकाको वडा ३ बाट नगर परिषद् सदस्य निर्वाचित भएका हुन्। २०५४ सालमा श्रीवास्तवले नेतृत्व गरेको स्वतन्त्र समूहमा रहेका सिंह श्रीवास्तवका निक्कै नजिकका मानिन्थे। अब असोज २ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा फेरि एउटै पदमा यी दुइ गुरु र चेला बीचको भिडन्त हुन लागेको छ।
प्रदेश नम्बर २ मा स्थानीय तह निर्वाचनका लागि असोज २ को मिति तोकिएदेखी नै वीरगन्ज महानगरको मेयरमा राजपाका तर्फबाट श्रीवास्तव र सिंह बीच रस्साकस्सी चल्दै आएको थियो। - अन्नपूर्ण पोस्ट

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

पर्साको बहुदरमाई नगरपालिका

पर्साको बहुदरमाई नगरपालिका

बीरगंजको मतगणना कार्य शुरु

बीरगंजको मतगणना कार्य शुरु

पर्साको पर्सागढी नगरपालिका अपडेट

पर्साको पर्सागढी नगरपालिका अपडेट पर्साको कालिकामाई गाउपालिका  नेपाल संघीय समाजबादी  १८० कांग्रेस १२९ फोरम १२२

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।