लोकसेवा आयोगले बैंकबाट दस्तुर बुझ्ने लाइन लागनु नपर्ने

   
152   पटक पढिएको

भदौ २० गते। लोकसेवा आयोगमा अब दरखास्त फारामको दस्तुर बुझाउन लाइन लाग्नु नपर्ने भएको छ । यसै आवदेखि बैंकिङ प्रणालीबाट परीक्षार्थीको दरखास्त फारामको दस्तुर लिने व्यवस्था गरेको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिनुभयो । आयोगले ग्लोवल आइएमई बैंकमार्फत अनलाइन फाराम भरेका परीक्षार्थीको रकम लिने भएको हो । परीक्षार्थीले अनलाइनबाट फाराम भरेपछि मास्टर कोड लिएर बैंकबाट दस्तुर बुझाउन सक्ने छन् । अनलाइनमा फाराम भरे पनि आयोगमा दस्तुर बुझाउन परीक्षार्थीले लाइन नै लाग्नु पर्ने गथ्र्यो । उहाँले उपत्यका बाहिरबाट फाराम भर्ने परीक्षार्थीका लागि भने बैंकबाट दस्तुर बुझ्ने व्यवस्था नगरिएको बताउनुभयो । आयोगले ग्लोबल बैंकका काठमाडौँ रहेका १३ वटा शाखाबाट रकम बुझ्ने व्यवस्था गरेको छ । यसअघि अनलाइनमार्फत फाराम भरे पनि परीक्षार्थीले उपत्यकाका लागि आयोगको केन्द्रीय कार्यालय र उपत्यकाका बाहिर क्षेत्रीय कार्यालय, अञ्चल कार्यालय र हुलाकबाट फारामको दस्तुर बुझ्ने व्यवस्था गरेको थियो 

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।