टिकट बितरणमा बिबाद भएपछि फोरम नेतृलाई कार्यकर्ताले घरमा थुने

   
218   पटक पढिएको

भाद्र १९, सप्तरीको राजविराजमा संघीय समाजवादी फोरम नेपालकी केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेश संयोजक रेणुकुमारी यादवलाई आफ्नै कार्यकर्ताले घरभित्र थुनेका छन् । प्रदेश नं २ मा आगामी असोज २ गते हुन लागेको स्थानीय तहको चुनावको लागि उम्मेदवार छनौटमा अनावश्यक हस्तक्षेप गरेको भन्दै यादवलाई उनकै घरमा कार्यकर्ताले थुनेका हुन् ।यादवको घर अगाडि बिहानैदेखि कार्यकर्ताले नाराबाजी गरेका थिए भने केही समयअघि घरमा ढुंगामुढा समेत गरेका थिए । बिहान कार्यकर्ताले यादवको घरमा आगजनी गर्ने प्रयास गरेका थिए । कार्यकर्ताले यादवको घरको मूल ढोकामा ताला लगाइदिएका छन् ।सप्तरीको बोदेबरसाइन नगरपालिकामा रेणु यादव आफ्ना छोरा अभिषेक कुमार यादवलाई मेयर पदको टिकट दिदलाउन चाहन्थिन् । तर पार्टी केन्द्रीय सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज अनिरुद्ध प्रसाद यादवका छोरा आतेशकुमार सिंह यादव पनि सो पदका आकंक्षी थिए ।  यस नगरपालिकामा कसलाई मेयर पदको उम्मेदवारको टिकट दिने भनेर पार्टी भित्र लामो समयदेखि विवाद चलिरहेको थियो । केहीदिन अघि पार्टी अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई उम्मेदवारको नामावलीको विवाद टुंग्याउन आएका थिए । तर उनीहरुले पनि सकेनन् । पार्टी निकट स्रोतका अनुसार गएराति आतेशकुमार सिंह यादवले मेयरको टिकट पाएका छन् । आफ्नो छोरानले टिकट नपाएपछि रेणुले छिमेकी गाउँपालिका बेल्ही चपेनाको प्रमुखमा आफू निकटका चित्रंगन यादवलाई टिकट दिलाएकी थिइन् । यही विषयलाई लिएर कार्यकर्ताले अनावश्यक हस्तक्षेप गरेको भन्दै उनी विरुद्ध कार्यकर्ता विरोधमा उत्रिएका हुन् ।स्रोत कान्तिपुर


 



 

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।