मधेस विरोधी दलका कारण संविधान संशोधन प्रस्ताव पास हुन नसकेको काँग्रेस केन्द्रिय सदस्य कोइरालाको भनाई

   
23   पटक पढिएको

भाद्र १५ बीरगंज नेपाली काँग्रेसका केन्द्रिय सदस्य शेखर कोइरालाले संविधान संशोधनका लागि काँग्रेसले सबै शक्ति लगाए पनि मधेस विरोधी दलका कारण संविधान संशोधन प्रस्ताव पास हुन नसकेको बताउनु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरमा बिहीबार नेपाली काँग्रेसले आयोजना गरेको चुनावी कार्यक्रमलाइ सम्बोधन गर्दै केन्द्रिय सदस्य कोइरालाले मधेसको मुद्धा र माग प्रति काँग्रेस सदैव सकरात्मक रहेको दाबी गर्नु भयो । संसदमा काँग्रेसकै पहल र अगुवाइमा संशोधन प्रस्ताव लगिएको जिकरि गर्दै कोइरालाले भन्नु भयो ,‘ तर मधेस विरोधी दलका कारण संशोधन प्रस्ताव पास हुन सकेन , मधेस विरोधी दल को हो भनेर मधेसी जनताले चिनिसकेका छन्, मैले नाम भन्नु पर्दैन् । काँग्रेस विभेदकारी पार्टी नभएको भन्दै उहाले सबै समुदाय र वर्गलाइ एकत्रित गरेर हिड्ने एक मात्र दल काँग्रेस नै भएको दाबी गर्नु भयो । आसन्न स्थानीय तह निर्वाचनमा काँग्रेसको जित भएमात्र मधेसले काँचुली फेर्ने बताउदै उहाले मधेसको विकास र सम्बृद्धिका लागि काँग्रेस अहिले पनि इमान्दार रहेको बताउनु भयो । कार्यक्रममा नेपाली काँग्रेस पर्साका सभापति अजय द्धिवेदी , सचिव श्याम पटेल, महाधिवेशन प्रतिनिधी शान्ति कार्की , क्षेत्रीय सभापति अरविन्द गुप्ता , नेपाल तरुण दल पर्साका अध्यक्ष वीरेन्द्र पटेल , वडा अध्यक्षका उम्मेदवार हबीब मिया लगायतको उपस्थिती रहेको थियो ।  

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

पर्साको बहुदरमाई नगरपालिका

पर्साको बहुदरमाई नगरपालिका

बीरगंजको मतगणना कार्य शुरु

बीरगंजको मतगणना कार्य शुरु

पर्साको पर्सागढी नगरपालिका अपडेट

पर्साको पर्सागढी नगरपालिका अपडेट पर्साको कालिकामाई गाउपालिका  नेपाल संघीय समाजबादी  १८० कांग्रेस १२९ फोरम १२२

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।