चुनावमा राजपा वनि सहभागी हुने भएपछि प्रदेश न.२ मा चुनावी चहलपहल बढ्यो

   
297   पटक पढिएको

राम मण्डल बीरगंज भाद्र १२ प्रदेश नं. २ मा हुने स्थानीय तहको चुनावमा राजपा सहभागी हुने भएपछि यस क्षेत्रमा चुनावी चहलपहल बढ्न थालेको छ ।संबिधान संशोधनका् मांग अघि सार्दै आन्दोलन गर्दै आएको राजपा पनि अहिले स्थानीय तहमा आफना उम्मेदवारहरुको टुगों लगाउनमा ब्यस्त देखिएको छ ।आउदो असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरुको मनोनयनको भदौ २१ गते तोकिएको छ ।उम्मेदवारको अन्तिम सूची तयार गर्न कांग्रेस, एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीले छलफल तीव्र पारेका हुन । आकांक्षीहरूको संख्या उच्च रहेकाले सबैलाई चित्त बुझाएर नाम टुंगो लगाउन सबै दलहरुलाई समस्या परेको छ ।प्रदेश न। २ मा रहेको एकमात्र वीरगञ्ज महानगरपालिकाको मेयरका  लागि रिाजपाका विमल श्रीवास्तव र राजेशमान सिंहका कार्यकर्ताहरुको बीच विवाद हुँदा समान्य झडप पनि भएको छ।पछिल्लो समय आएर राजपाका उपाध्यक्ष सुरेन्द्र कुर्मीको पनि नाम चर्चामा आएको छ।वीरगञ्ज महानगरपालिकाको मेयरका लागि संघीय समाजबादी फोरमले मधेश प्रदेश कोषाध्यक्ष बिजय सरावगीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।उपमेयरको टुगों भने लगाउन बाकी रहेको छ।यसैगरि एमालेले मेयरमा बसरुदिन अन्सारी र उपमेयरमा सोफिया अचार्यलाई उम्मेदवार बनाएको छ।उनीहरुले हरेक दिनजसो मतदाताका घरदैलोमा पुगेर घरदैलो कार्यक्रम पनि गर्दै आइरहेका छन ।नेपाली काग्रेसले बीरगंजका लागि मेयर र उपमेयरको टुगों नलगाएपनि पार्टीका पर्सा सभापति अजय द्धिबेदिको नाम भने चर्चामा रहेको छ ।माओबादी केन्द्रको तर्फबाट भने मेयरका लागि गण्डक हस्पिटल प्रालिका सञ्चालक रहबर अन्सारीको चर्चा रहेको छ।यधपि पार्टीले अहिले सम्म आधिकारिक घोषण गर्न बाकी छ ।पर्सा जिल्लामा एक वीरगन्ज महानगरपालिका, तीन नगरपालिका पोखरीया नगरपालिका, बहुदरमाई नगरपालिका,पर्सागढी नगरपालिका तथा १० वटा गाउँपालिका गरि १४ वटा स्थानीय तह रहेका छन। । पर्सा जिल्लमा कुल २ लाख ८० हजार १११ मतदाता रहेका छन ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

स्थानीय चुनाव बिशेष

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

राम मण्डल मंसिर ४ बीरगञ्ज  बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।