वीरगंजको मेयर पदको लागि राजपा नेपालबाट जेल जिवन बिताएका सुरेन्द्र कुर्मीको नाम अग्रस्थानमा

   
649   पटक पढिएको

एकलब्य गुप्ता
वीरगंज, भाद्र ११
प्रदेश नं। २ मा रहेको एक मात्र महानगरपालिकाको मेयर पदको लागि राजपा नेपालका राष्ट्रिय महासचिव सुरेन्द्र कुर्मीको नाम एकाएक चर्चामा आएको छ । जिवन भरी मधेस र मधेसवादको लागि संर्घष गर्दै आउनु भएका कुर्मीको नाम वीरगंजको मेयर पदको लागि आएपछि राजपाका कार्यकर्ता संगै उहाँका शुभचिन्तकहरु हौसिएका छन । वीरगंजको मेयर पदकोलागि राजपना नेपालका नेता बिमल श्रीवास्तव र राजेशमान सिंह एक आपसमा कुटाकुटमा उत्रिए पछि पार्टीले बिकल्पको रुपमा सुरेन्द्र कुर्मीलाई अगाडि बढाएको श्रोतले जनाएको छ । बि।स २०४८ साल बाट बिद्यार्थी जिवनकाल देखिनै मधेस र मधेसवादको वकालत गर्दै आएका कुर्मी पेशाले वकिल समेत हुनुहुन्छ । बि।स।२०४८ सालमा बिद्यार्थी मंचको केन्द्रिय सदस्य हुदै राजनितीमा प्रवेश गरेका कुर्मी तत्कालिन सदभावना पार्टीका जिल्ला सचिव हदै केन्द्रिय सदस्य हुदै सह महासचिव तथा उपाध्यक्ष समेत भएका थिए । शाहीकालमा तत्कालिन राप्रपाबाट बिमल श्रीवास्तव र राजेशमान सिंह निर्वाचमा होमिएका बेला सुरेन्द्र कुर्मी देशमा गणतन्त्र ल्याउन आन्दोलनमा होमिएका थिए । सो दौरन कुर्मी २५ दिन जेलजिवन समेत बिताएका उहाँका शुभचिन्तकहरु बताउछन । उहाँकै पहलमा पर्सामा सहादत प्राप्त गरेको शहिदहरुको सम्मान स्वरुप शालिक निर्माण र सडक नामाकरण जस्ता कार्यहरु सम्पन्न भएको छ । सेवामुखी र जनतामुखी राजनितीमा विश्वास गर्ने कुर्मी राजनिति बाहेक समाजिक काममा पनि त्यतिकै व्यस्त हुनुहुन्छ । दाईजो ,बालबिवाह एवं समाजिक कुरुती विरुद्धको अभियानमा पनि कुर्मी त्यतिकै सक्रिय हुनुहुन्छ । वीरगंज शहरलाई महानगरपालिका बनाउन पनि कुर्मीको महत्वपुर्ण योगदान रहेको छ । पार्टीको निति र सिद्धान्तलाई टेकेर राजनिती गर्दै आउनु भएको कुर्मी मधेस र मधेसीको बिकास र नेपालमै समृद्ध मधेसको कल्पना गर्दै आउनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

अन्तराष्ट्रिय

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।