बीरगञ्ज महानगरको वडा न. १६ मा राजपाबाट उदाउदै युवा नेता रामबाबु पासवान

   
637   पटक पढिएको

(स्थानिय तहको चुनाव नजिकिएसंगै २ नम्बर प्रदेशको एक मात्र महानगरपालिका विरगंजमा प्राय सबै प्रमुख दलको कब्जा गर्ने रणनिति रहेकाले देशकै ध्यान अब २ विरगंज महानगरपालिकातिर तानिएको छ । २ वटा चुनाव बहिस्कार गरेको राजपा पनि चुनाव सहभागि हुने भएपछि विरगंज महानगरको चुनाव झन रोचक बनेको छ । विगत १८ बर्षभित्र स्थानिय चुनावमा सहभागि नभएका युवाहरु नेतृत्व लिन अगाडी देखिएका छन । यसैबीच विरगंज महानगरमा मेयरदेखि वडा प्रमुखसम्मको पदमा युवा उम्मेद्वार अगाडी देखिएका छन । विगत २ बर्ष आन्दोलन गरेका विरगंज राजपाका युवा नेतृत्व लिन झन उत्साहित भएका छन । यसै सन्दर्भमा राजपाबाट वीरगंज महानगरपालिका वडा नं.१६बाट राजपाका संभावित उम्मेद्वार वीरगंज नगवा निवासी रामबाबु पासवानसंग साझाँसामाचारका सहकर्मी एकल्बय गुप्ता विन्दुभुषण साहले कुराकानी गर्नुभएको छ ।  )

प््राश्न नंं.१ःवीरगंज महानगरपालिकाकामा वडा नं.१६मा राजपाबाट तपाईको पनि चर्चा चेलेको छ ?वास्तवमा चुनाव लडने नै हो त ?

रामबाबु ःधन्याबाद ! सबै भन्दा पहिले मेरो वडाका युवाहरु जगरुक छन । वडाबासी युवाहरुको चाहनाले मैले पनि वडा प्रमुखको आंकाक्षा राखेको छु । पार्टीले मुल्याङ्कन गरेर टिकट दियो भने अवश्य नै लडछु र जित्छु पनि । 

प्रश्न नं.२ःत्यसो भए ,तपाईलाई आफनो वडामा जित्ने आधार के ? 
रामबाबु ःमेरो जित्ने आधार एउटै छ ,सधै सामाजसेवामै समय बिताएको छु र युवा जमातको चाहना अनुसार मेरो आकांक्षा रहेको छ । जित्ने आधार पनि भन्ने हो भने मेरो वडाका नागरिकहरुलाई दुःख सुख परको बेला काम लागेको छु । आशा छ सबैले मलाई माया गरेर मलाई नै रोज्नु हुन्छ । 

प्रश्न नं.३ राजपामा टिकटको लागि धेरै सकस रहेको अवस्थामा अरु पार्टी त थिए नि ,तपाई राजपा नै किन रोज्नु भयो त ?
रामबाबु ःसबै भन्दा पहिले विन्दुभुषण जी म प्रष्ट के पार्न चाहन्छु भने टिकटको लागि मैले राजपा रोजेको होईन । मधेशको हक अधिकारको लागि एक मात्र एजेन्डा भएको पार्टी राजपा भएकोले मैले यसलाई रोजेको हो । किनकी आन्दोलनको पिडा हामीलाई थाहा छ ।जब मधेशी जनता अधिकारको लागि सडकमा थिए स्वयम म पनि थिए ,नगवामा मेरो आँखा अगाडी युवा साथी सोहन कलवार सतामा रहेको पार्टीको आदेशमा प्रहरीको गोलीबाट सहिद भए ।
(कडकिदै र भावुक हुदै)के म त्यस्तै पार्टी रोजु त ? जसको आदेशमा हाम्रा दिदी,बहिनीहरुको सिन्दुर पुछियो ।कतिपय आमाहरुको कोख सुना भयो ,विन्दुभुषण जी त्यो घटना मैले विर्सेको छैन र आम मधेशीले याद राखेका छन ।समय आईसकेको छ ।अब जनताले त्यो बुलेटको जवाफ ब्यालेटबाट दिन्छ भनेर ।मलाई विश्वास छ ,मधेशको आन्दोलन उचाईमा पुरयाउने वीरगंज वडा नं.१६का जनताले राजपालाई नै अवश्य जिताउछन ।

प्रश्न नं.३ अहिले वीरगंज महानगरमा राजपाबाट मेयर पदको लागि जुहारी नै चलेको छ ,तपाईको विचारमा विरगंजमा राजपाको उम्मेद्वार कस्तो हुने त ?
रामबाबु ःहेर्नुस ! युवाहरुको चाहना अनुसार नयाँ र युवा नेतृत्वको आवश्यकता छ ,त्यसैले मेरो विचारमा युवा नेतृत्वको नै आवश्यकता रहेको मैले महसुस गरेको छु । विगत १८ बर्षदेखि जनप्रतिनिधि बिहिनको अवस्थामा यहाँ भ्रष्टाचार मौलाएको छ । भ्रष्टाचारमुक्त पार्ने र नयाँ भिजन भएको नेतृत्वको आवश्यकता रहेको छ । विरगंज महानगरपालिका भईसकेपनि यहा गर्नुपर्ने काम धेरै छ ।

प्रश्न नं.४ अब अन्तयमा तपाईले आफनो वडाबासीलाई के आग्रह गर्न चाहनुहुन्छ ?
रामबाबु ःअन्त्यमा म यहि भन्छु कि वडाबासीले मलाई एकचोटी विश्वास गरौ,मैले टिकट पाए र जिते भने, गर्नुपर्ने काम धेरै छ ,गर्ने मान्छे भन्दैन ,झुठो आश्वासन बाडन पनि मलाई आउदैन । जितेपछि जनताको सल्लाह बमोजिम काम गर्नेछु । आफनो मनपरि केहि गर्दैन ।  धन्याबाद !
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

अन्तराष्ट्रिय

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।