नम्बर प्रदेशका ११६ स्थानीय तहका उम्मेदवारहरुको एमाले द्धारा टुंगो

   
22   पटक पढिएको

११ भदौ, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले प्रदेश नम्बर २ प्रदेशका ८ जिल्लाका १३६ मध्ये ११६ स्थानीय तहका उम्मेदवारहरु टुंगो लगाएको छ । धनुषाका केही र बाँकी २० वटा स्थानीय तहका मेयर र उपमेयरको टुंग्यो भदौ १५ अघि नै लगाउने एमालेले जनाएको छ ।२ नम्बर प्रदेशका एक सय ३६ मध्ये अब २० वटा स्थानीय तहका मेयर वा अध्यक्षबारे निर्णय गर्न बाँकी रहेको एमाले  दुई नम्बर प्रदेश कमिटीका सहसंयोजक नागेन्द्र चौधरीले सेतोपाटीलाई जानकारी दिए।एमालेले वीरगञ्ज महानगरपालिकासहित अधिकांश स्थानीय तहमा उम्मेदवार तय गरेर प्रचार प्रसारमा खटाइसकेको प्रदेश सहसंयोजक नागेन्द्र चौधरीले बताए ।वीरगञ्जको मेयरमा एमालेले बसुरुद्धिन अन्सारी र उपमेयरमा सोफिया आचार्यलाई उम्मेदवार बनाएको छ । चौधरीका अनुसार सिराहा, सप्तरी र पर्साका सबै स्थानीय तहका उम्मेदवार तय भइसकेका छन् ।जनकपुर, कलैया र जितपुर-सिमरा उपमहानगरपालिकाका उम्मेदवारबारे भने अझै निर्णय भइसकेको छैन। यहाँका उम्मेदवारबारे सम्बन्धित जिल्ला कमिटीले प्रदेश कमिटीलाई सिफारिस गरिसकेका छन्। अब प्रदेश कमिटीले सिफारिस गरी निर्णयका लागि स्थायी समितिमा पठाउने सहसंयोजक चौधरीले जानकारी दिए।जनकपुरको मेयरका लागि धनुषा जिल्ला कमिटीले १० जनाको नाम सिफारिस गरेको छ। जसमध्ये लक्ष्मीनारायण भगत, दिपेन्द्र यादव र श्याम पूर्वे साहको नाम सिफारिस ‍ गरेको जिल्ला अध्यक्ष राजकिशोर यादवले जानकारी दिए।बाराका दुई उपमहानगरमध्ये कलैया र जितपुर-सिमरामा ४-४ जनाको नाम सिफारिस भएको जिल्ला अध्यक्ष सुन्दर विश्वकर्माले जानकारी दिए। उनका अनुसार जिल्ला सदरमुकाम कलैया उपमहानगरपालिकाको मेयर उम्मेदवारको दौडमा महम्मद समी उल्लाह,सुरेश मदक,ध्रुव यादव र बिनोद साह छन्।सप्तरीको  राजविराज नगरपालिकाको मेयरमा सुखराम चौधरीले टिकट पाएका छन्। उपमेयरको टिकट भने ममता चौधरीले पाएकी छन्।

सर्लाहीको लालबन्दी नगरपालिकाको मेयरको टिकट मान बहादुर खड्काले पाएका छन्। यस्तै, बाग्मती नगरपालिका राजघाटका पूर्वअध्यक्ष विष्णु पुलामी र हरिवन नगरपालिकामा गणेश प्रसाईंले मेयरको टिकट पाएका छन्।

रौतहट सदरमुकाम गौरमा भने शम्भु साहको नाम अघि सारिएको छ। उनी एमाले गौर नगर कमिटीका सदस्य हुन्। रौतहटको अर्को महत्वपूर्ण नगरपालिका चन्द्रनिगाहपुरमा एमालेले युवा उम्मेद्वार बाबुराम दाहाललाई अघि सारेको छ।

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

पर्साको बहुदरमाई नगरपालिका

पर्साको बहुदरमाई नगरपालिका

बीरगंजको मतगणना कार्य शुरु

बीरगंजको मतगणना कार्य शुरु

पर्साको पर्सागढी नगरपालिका अपडेट

पर्साको पर्सागढी नगरपालिका अपडेट पर्साको कालिकामाई गाउपालिका  नेपाल संघीय समाजबादी  १८० कांग्रेस १२९ फोरम १२२

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।