फोरमद्वारा चार नगरपालिका र तीन गाउँपालिकामा उम्मेदवार तय

   
34   पटक पढिएको

लहान,  भदौ ५ गते । स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत असोज २ गते २ नं प्रदेशमा हुने निर्वाचनका लागि संघीय समाजवादी फोरम नेपालले सिरहाको चार नगरपालिका र तीन गाउँपालिकाको प्रमुख पदमा उम्मेदवार तय गरेको छ ।

फोरमले सिरहाको लहान नगरपालिकाकाको प्रमुखमा वैधनाथ साह, उपप्रमुखमा रिता यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने गोलबजार नगरपालिकाको प्रमुखमा कृष्णकुमार सिंह र उपप्रमुखमा रेनुका यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य सत्यनारायण यादवले जानकारी दिनुभयो ।

त्यसैगरी सिरहा नगरपालिकाको प्रमुखमा अशेश्वर यादव तथा सुखीपुर नगरपालिकाको प्रमुखमा लक्ष्मण चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने भगवानपुर गाउँपालिका प्रमुखमा बेचनप्रसाद यादव, उपप्रमुखमा सीतादेवी यादव, सखुवानन्कारकट्टी गाउँपालिका प्रमुखमा रामनारायण यादव, उपप्रमुखमा शोभा यादव तथा अर्नमा गाउँपालिकाको प्रमुखमा अशोककुमार यादवलाई उम्मेदवार बनाउने निर्णय भएको केन्द्रीय सदस्य यादवले बताउनुभयो ।

बाँकी रहेका नगरपालिका र गाउँपालिकामा समेत भदौ १० गतेभित्र उम्मेदवार तय गरीसक्ने उहाँले बताउनुभयो । यसैगरी नेकपा (एमाले)ले पनि यसअघि नै सिरहाको सबै नगरपालिका र गाउँपालिकाको उम्मेदवार तय गरिसकेको छ ।

यस्तै नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र लगायतका दल पनि जिल्लाको स्थानीय तहको प्रमुख तथा उपप्रमुख पदमा उम्मेदवार तय गर्ने अन्तिम तयारीमा रहेका छन् ।
कूल सात नगरपालिका १० गाउँपालिका रहेको सिरहामा तीन लाख ३१ हजार ५९६ मतदाता रहेका छन् । निर्वाचनमा भाग लिन सिरहामा ३२ वटा राजनीतिक दल निर्वाचन कार्यालयमा दर्ता रहेको छ भने जिल्लामा २१९ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ ।गोरखापत्र

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

पर्साको बहुदरमाई नगरपालिका

पर्साको बहुदरमाई नगरपालिका

बीरगंजको मतगणना कार्य शुरु

बीरगंजको मतगणना कार्य शुरु

पर्साको पर्सागढी नगरपालिका अपडेट

पर्साको पर्सागढी नगरपालिका अपडेट पर्साको कालिकामाई गाउपालिका  नेपाल संघीय समाजबादी  १८० कांग्रेस १२९ फोरम १२२

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।