काम गर्ने मान्छेको जाहा पनी नाम हुन्छ त्यस कारण विगत लामो समय सम्म १२ बर्ष देखी विधार्थी राजनीतीमा सक्रीय रुपले काम गरेको छु ।

   
1225   पटक पढिएको

विगत १२ बर्ष देखी विधार्थी राजनीतीमा सक्रीय रुपले काम गरेका बिधार्थी नेता प्रभाकर गुप्ता  ५ त्रर्ष केन्द्रीय समितिमा  रहेर राजनितिको राम्रो अनुभव बटुलेका छन ।   २१ औ राष्ट्र्ीय सम्मेलनको २ न.प्रदेश सचिवमा उनले उम्मेदवारी दिएका छन वहासंग हाम्रा सहकर्मी राम मण्डलले कुराकानी गरेका छन।

 

१.के तपाईहरुको राष्ट्रीय सम्मेलन तोकिएकै मितिमा सम्पन्न होला त !
    यसमा मैले कतै पनी शंका देखीन्न नि भने यो पार्टी र संगठन मा भर्खरै १० वटा माओबादी शक्तीहरु संग एकता गरीएको हुनाले हाम्रो संगठनमापनी प्रत्यक्ष असर परेको छ । जसको नतिजा हामीले ९०० जनाको केन्द्रीय समिति बोकेर हिडिरहेका छौ ।यो सबैलाई ठिक ठाउमा ब्यवस्थापन गर्न को लागी निर्वाचन प्रणाली एकदम आवश्यक छ । अब यो बिधि अपनाउन पनी जरुरी देखीएको छ ।हामीले बारम्बार पार्टी हेर्डक्वाटर संग सल्लाह गरीरहेका छौ । साथै सम्मेलनको मिति पार्टी हेर्डक्वाटरकै सल्लाहमा तोकिएको हुनाले यसमा कुनै शंका देखीएन ।
२.यस भन्दा पहिला पनि सम्मेलनको मिति चाही तोकेको थियो तर सम्मेलन हुन सकेन किन !
     देशमा आमुल परिवर्तन ल्याउनको लागी बिधार्थी युवाले खेलेको भुमिका र गरेको योगदान को सम्मान गर्ने बेला  भएको हुनाले हामीले निर्वाचन सारेका हौ ।यसलाई सोझो अर्थमा भन्नु पर्दा देश संघीयता मा गई सकेको हुनाले पुरा देश स्थानिय निकायको निर्वाचनमा होमिसकेको हुनाले हामीले पनि नाया संरचना अनुसार निर्वाचन गर्नु पर्छ भन्ने सोचका साथ यो भन्दा पहिलाको सम्मेलनको मिति स्थगित गरीएको हो । 
३.अषोज २ गते को लागी सरकारले प्रदेश नं.२ को निर्वाचन गर्दै छ यसले केही असर गर्दैन !
प्रश्न त ठिकै गर्नु भो यसलाई मेरो भाषामा सही कुन मानेमा छ भन्नुपर्दा स्थानिय निकायको निर्वाचन र हाम्रो सम्मेलनको दुरी एक महिनाको फरक छ ।यसले सबै युवा विधार्थीलाई चलायम वनाउनु को साथै स्थानिय तहको निर्वाचनलाई थप उर्जा मिलेको छ भन्ने मलाई  विस्वास लागेको छ ।स्थानिय तहमा भिड्ने साथीहरु स्थानीय तहमा भिड्छन सम्मेलनमा लड्ने साथीहरु सम्मेलनको तयारी गर्छन भन्ने मेरो बुझाई हो ।
४.तपाई हरुको संगठनमा धैरै गुटहरु छन सम्मेलनलाइ कसरी सम्पन्न गर्दैै हुनुहुन्छ !
     हेर्नुस तपाईले कुनै नाया कुरा गर्नु भएन कुनै पनि संगठनमा गुट र समुह भएन भने निर्वाचनको के अर्थ अकाक्षी हरु धेरै छन समुह समुह मा छलफल हुदै छ त्यसकारण यसलाइ गुट भन्न मिल्दैन त्यो एउटा विचार समुह हो सम्मेलन एक हुन्छ २ हुन्छ यसमा कुनै शंका छैन ।
५.यदी निर्वाचन भयो भन्ने तपाई कुन पदमा लड्नु हुन्छ !
    हेर्नुस निर्वाचन हुन्छ किन भन्ने निर्वाचनमा जानु पर्छ भन्ने विषय उठाउने मै हो त्यस कारण मेरो उम्मेदवारी प्रदेश सचिवमा हुन्छ ।
६.तपाई प्रदेश सचिवमा निर्वाचीत हुनु भयो भन्ने पहिलो काम के गर्नु हुन्छ !
    सब भन्दा पहिला केन्द्रीय समितिलाई बैज्ञानीक र नियम पुर्वक चल्ने वातावरण वनाउछु । त्यस पछी प्रदेश नं.२ लाई शैक्षिक दृष्टीकोणले नमुना बनाउन को साथै शैक्षिक हब बनाउनको लागी सरकार संग पहल गर्छु ।


७.तराई मधेस बाढी पहिरोको चपेटामा परेको छ के तपाईहरुको निर्वाचन तोकिएकै मितिमा हुन्छ ।
    अहिलेकै रेसियोमा पानी  पर्यो भन्ने तराई मधेशका विधार्थी नेता तथा प्रतिनिधिहरु सम्मेलनमा जानुको कुनै महत्व रहेन किन भन्ने मधेश जलमग्न भएको छ त्यसको पिडा प्रत्यक्ष रुपमा देखीरहेका छौ र भोगीरहेका छौ । यदी आज भोली बाटै स्थीती समान्य भयो भन्ने निर्वाचन मा प्रभावीत क्षेत्रका प्रतिनिधिहरु को सहभागीता हुन्छ । साथै नेपाल सरकारले प्रभावीत क्षेत्रहरुमा राहत वितरण यथा स्थीतीमा गर्न को लागी जोडदार माग गर्दछु ।

८    प्रदेश सचिवमा दावी त गनु भयो जित्ने आधार के !
     काम गर्ने मान्छेको जाहा पनी नाम हुन्छ त्यस कारण विगत लामो समय सम्म १२ बर्ष देखी विधार्थी राजनीतीमा सक्रीय रुपले काम गरेको छु ।  ५ त्रर्ष जती केन्द्रीय समितिमा नै रहेर राम्रो अनुभव बटुल्ने मौका पाएको छु साथै प्रदेश नं.२ को विधार्थी नेताहरु संग निरन्तर सम्बाद जारी राखेको छु अन्य प्रदेश का विधार्थी नेताहरु संग सम्बन्ध राम्रो भएको हुनाले काठमांडौ भैलीका नेताहरुले पनी मलाई निर्वाचीत गराउनमा सहयोग गराउने छन भनने मलाई विश्वास छ ।मैले अहिले सम्म कुनै पनि गुट उपगुट नलागीकन पार्टी हेर्डक्वाटरको निर्णयलाई आत्म साथ गर्दै अगाडी बढेको छु ।
९.अन्त्यमा तपाईले प्रतिनिधिहरुलाई केही भन्नु हुन्छ !
     म धेरै केही भन्दीन तर अन्तमा केन्द्रीय समितिका विधार्थी नेता लगाएत प्रतिनिधि साथीहरुलाई सही र असल नेतृत्व छान्न को लागी अपिल गर्दछु साथै संगठन प्रती इमन्दारीताका साथ काम गर्ने सबैको सुन्ने एउटा असल संगठकलाई नेतृत्व दिनको लागी म सबै आयोजक समिति लगायत प्रतिनिधि साथीहरुलाई विनम्रताका साथ आग्रह गर्न चाहन्छु ।

२०७४ भाद्र १ गतेमा प्रकाशित 

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

पर्साको बहुदरमाई नगरपालिका

पर्साको बहुदरमाई नगरपालिका

बीरगंजको मतगणना कार्य शुरु

बीरगंजको मतगणना कार्य शुरु

पर्साको पर्सागढी नगरपालिका अपडेट

पर्साको पर्सागढी नगरपालिका अपडेट पर्साको कालिकामाई गाउपालिका  नेपाल संघीय समाजबादी  १८० कांग्रेस १२९ फोरम १२२

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।