अक्षयको ‘ट्वाइलेट’ बक्स अफिसमा चम्कियो

   
33   पटक पढिएको

चलचित्र ‘बाहुवली २’ले बक्स अफिसमा धुम नै मच्चायो । तर, यो चलचित्र रिलिज भएपछि बलिउडका कुनै पनि चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गरेनन् । अमिताभ बच्चन, रणवीर कपुरदेखि साहरुख खान, सलमान खान जस्ता स्टारका चलचित्रले बक्स अफिसमा असफलताको स्वाद चाखे ।एकाएक बलिउड बक्स अफिस कमजर देखियो । बलिउडमा ग्रहण लागेको चर्चा समेत भयो । तर, गत शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘ट्वाइलेटः एक प्रेम कथा’ले भने यो ग्रहणलाई चिर्ने काम गरेको छ ।

शुक्रबारदेखि रिलिज भएको यो चलचित्रले ३ दिनमै बक्स अफिसमा ५० करोड माथिको व्यापार गरेको छ । शुक्रबार चलचित्रले १३.१० करोडको व्यापार गरेको थियो भने शनिबार १७.१० करोडको व्यापार गरेको थियो । आइतबारको बिदामा चलचित्रले २१.२५ करोडको व्यापार गर्‍यो । ३ दिनमै ५१.४५ करोडको कमाइ गरेको चलचित्र हिट हुनका लागि १२५ करोड कमाउनुपर्ने हुन्छ ।

सोमबार र मंगलबार पनि भारतमा बिदा परेकाले चलचित्रले बक्स अफिसमा कमालको व्यापार गर्ने अड्कल काटिएको छ । अक्षय कुमार र भूमी पेडकरको मुख्य भूमिका रहेको यो चलचित्रले मनोरञ्जनसँग सामाजिक कथा बोकेको छ ।

लामो समयदेखि असफलताको स्वाद चाखिरहेको बलिउडमा यो चलचित्र चलेपछि राहत मिलेको छ ।

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

पर्साको बहुदरमाई नगरपालिका

पर्साको बहुदरमाई नगरपालिका

बीरगंजको मतगणना कार्य शुरु

बीरगंजको मतगणना कार्य शुरु

पर्साको पर्सागढी नगरपालिका अपडेट

पर्साको पर्सागढी नगरपालिका अपडेट पर्साको कालिकामाई गाउपालिका  नेपाल संघीय समाजबादी  १८० कांग्रेस १२९ फोरम १२२

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।