महिलाको कपाल काटने घटना विरगंजमा सार्वजनिक, महिलाहरु त्रसित

   
11106   पटक पढिएको

विरगंज,३०साउन
भारतमा महिलाको कपाल काट्ने भुत को आतंक पर्सा जिल्लामा पनि एकपछि अर्को घटना सार्वजनिक हुन थालेको छ । 
भारतको विभिन्न प्रान्तमा महिलाहरुका कपाल काटिएको घटना नेपालमा अफवाह भएको भनिएपनि विरगंज महानगरपालिका वडा नं.३ छपकैयाकी नासिर हुसेनकी श्रीमति तबसुम खातुनको कपाल काटिएको पर्सा प्रहरीले जनाएको छ । 
आज दिउसो साढे ४ बजेको समयमा विरगंज महानगरपालिका वडा नं.३ छपकैयामा घरको कौशीमा बसिरहेको अवस्थामा ती महिलाको केश कपाल काटिएको घटना सार्वजनिक भएको हो ।कपाल काटिएपछि बेहोस भएकी महिलाको अवस्था गम्भीर बनेपछि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा भर्ना गरिएको वडा प्रहरी कार्यालय वीर्ता वीरगंजका प्रहरी निरीक्षक अनिश कर्णले जानकारी दिनुभयो । 
छपकैयामा कपाल काटेको घटना सार्वजनिक भएपछि अस्पतालमा पुगेर प्रहरी निरीक्षक कर्णले जानकारी लिएका थिए । बयानका क्रममा तबसुम खातुनले एक्लै घरको कौशीमा बसिरहेको अवस्थामा पछाडीबाट अचानक प्रहार भएको महसुस भएको तथा त्यसपछि आफु बेहोस भएको र बाकी केहि जानकारी नभएको बताएकी छिन ।
 घटना लगतै अस्पतालमा हेर्नेहरुको भिड लागेको थियो । नारायणी उपक्षेत्रीय अस्पतालमा सामान्य उपचारपछि उनलाई घर लगिएको पर्साका प्रहरी नायब उपरिक्षक चक्रराज जोशीले जानकारी दिनुभयो । घटनाबारे अनुसंन्धान समेत भईरहेको प्रहरी नायब उपरिक्षक जोशीले जानकारी दिनुभयो । यसअघि पनि पर्साको टिहुकीमा एक महिलाको कपाल काटिएको घटना सार्वजनिक भएपनि धेरैले विस्वास गरेका थिएनन । 
यो घटना पर्साको सदरमुकाम विरगंजमै सार्वजनिक भई प्रहरीले पुष्टि गरेपछि विरगंज तथा बारा,पर्साका महिलाहरु त्रसित बनेका छन । त्रसित बनेका महिलाहरु झाक्रीको सल्लाह अनुसार घरको अगाडी निमको पात,निम्बु र खुर्सानी भुण्डयाएका छन । 

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

जिल्ला समन्वय समिति पर्साको सभापतिमा फोरमका उम्मेदवार बिजयी 

जिल्ला समन्वय समिति पर्साको सभापतिमा फोरमका उम्मेदवार बिजयी 

पर्सा जिल्लामा शुक्रबारको चुनावी घरदैलोका तस्बिरहरु

पर्सा जिल्लामा शुक्रबारको चुनावी घरदैलोका तस्बिरहरु

पर्सामा चुनावी प्रचार प्रसारका लागि समाजिक सञ्जालको ब्याप्क प्रयोग

राम मण्डल बीरगञ्ज मंसिर ८ पर्सामा चुनावी प्रचार प्रसारका लागि समाजिक सञ्जालको ब्याप्क प्रयोग

अन्तराष्ट्रिय

अफगान सेनाको कारबाहीमा १७ तालिबान मारिए

अफगान सेनाको कारबाहीमा १७ तालिबान मारिए

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।