अविरल बर्षासंगै आएको बाढीले बारा ,पर्सा लगायत तराईको जनजिवन अस्तव्यस्त,गाउमा बाढीको पानी पसेपछि पर्साका स्थानियहरु घर छोडदै

   
208   पटक पढिएको

लालबाबु बानिया ,वीरगंज,२८साउन
गएरातीदेखी परेको अविरल वर्षाका कारण पर्साको विभिन्न नदिमा आएको बाढीले विभिन्न गाउँ डुबानमा परेका छन् ।
 वर्षाका कारण पर्साको ओरीया नदि , सिक्टा नदि , सिर्सिया नदिमा बाढी आउँदा पर्साको भिश्वा , भेडीयारी , लहावर थकरी ,खेश्राहा ,मनियारी , दसौता , लंगडी , मुडली , तुलसीवर्वा , सबैठवा , बखरी , गुलरीया , रविदास , लक्ष्मीपुर , मिर्जापुर , भलवहीया , जयमंगलापुर ,  महादेवपट्टी , पिपडारी , विसुनपुर्वा , पाडेपुर,झौवागुठी  बेल्वा ,निचुटाको मोर टोल लगायतको गाउँ नै डुवानमा परेका छन् । बाढीले स्थानीयवासीको घरमा रहेको अन्नपात , लत्ताकपडा बगाएर लगेको हाम्रा सहकर्मी लालबाबु बानिँयाले जनाएका छन् । 
भिष्ण बाढीले पर्साको झौवागुठीमा ५० वटा कुखुरा फार्म बगाएर लगेको छ भने बाढी गाउमा पस्न थालेपछि स्थानिय बासिन्दाहरु घर छोडेर उच्च स्थानमा आश्रय लिएका छन ।त्यसैगरी गण्डक नहरमा पानीको बहाव बढेपछि ओरीया नदि तथा गण्डक नहर आसपासका गाउँमा पानी पसेको तथा गाउतिर नदीको धार मोडेपछि स्थानियहरु त्रसित बनेका छन । 
त्यसैगरी पर्साको  मसिहानी , जगरनाथपुर गाउँपालिकामा अधिकांश घर डुबानमा परेका छन् । भने वर्षाका कारण दुई ओटा घर भत्किएको स्थानीयवासीले बताउनुभयोका छन् । गएरातीदेखि परेको अविरल बर्षासंगै आएको बाढीले यी गाउका घरहरु डुबानमा परेकोले उनीहरुको परिवार विचल्लीमा परेका छन् । ओरीया खोलाको पानी बुडगाई प्रहरी चौकीमा समेत  पसेको छ ।
 लगातार परेको वर्षाले विभिन्न ठाँउमा बाढी आएका कारण सम्भावीत घटनालाई मध्यनजर गरी नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलि उद्धारका लागि खटाईएको  र बाढीले पुर्याएको क्षतीबारे तथ्याकं संकलन भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बर्षाका कारण गण्डक नहरको बाध टुट्न सक्ने खतरा रहेको भन्दै गण्डक आसपासका स्थानीयवासीलाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ ।

यसैविच लगातार परेको अविरल वर्षाका कारण वीरगंजको विभिन्न ठाँउमा पानी जमेर सर्वसाधारणलाई सास्ती भएको छ । वीरगंज महानगरमा एडिबीको सहयोगमा नेपाल सरकारसमेतको लगानीमा साढे तीन सय करोड रुपैयाँको मझौला शहर एकीकृत वातावरणीय सुधार आयोजना अन्तर्गत निर्माण भईरहेको नाला तथा ढलको काम निर्धारित समयमा सम्पन्न नहुँदा वीरगंज महानगर वर्षाका बेला डुबानमा परेको छ । अहिले मनसुन सक्रिय भएपछि वीरगंजका श्रीपुर, लक्ष्मणवा, पानीटङ्की, पावरहाउस चोक, आदर्शनगर, रामटोल, नगवा, बसपार्क, रानीघाट, जिल्ला प्रशासन कार्यालय , बिर्ता, छपकैया तथा वीरगंजका अधिकाशं स्थानहरु डुबानमा परेका छन् । 
त्यसैगरी जितपुर सिमरा उपमहानगरपालिकाको विभिन्न गाँउ डुवानमा परेका छन् । गाउँमा ५० जनाको घरमा बाढीको पानी पस्दा घरमा क्षती पुगेको स्थानीयवासीले जनाएका छन् । यसैगरी बगरी नदिमा आएको बाढीका कारण बाराको सयौँ घर डुबानमा परेका छन् । बाराको रजवडीया , त्रिबेणी , विर्ताटोला लगायत गाउँहरु डुवानमा पर्नुका साथै खेतमा लगाईएको धानवाली पनि नष्ट भएको स्थानीयवासीले बताएका छन् । 
त्यसैगरी मुसलधारे बर्षापछि खहरेखोलाहरुमा आएको भिषण बाढीका कारण ठोरीका थुप्रै गाउं उच्च जोखिममा परेको  छ । बाढीको उच्च जोखिम भएपछि धेरै स्थानीयले गएराती घर छाडेर सुरक्षित स्थानमा बसेका थिए । ठोरीको ढेडुखोलामा आएको बाढीका कारण दिपकनगरको रांचीटोलका २० घरपरिवारले गएराती ८ बजेदेखि घर छाडेका थिए । बाढीले ठोरीबसपार्क क्षेत्रको झण्डै ५० मिटर भाग कटान गरेको उहाँले बताउनुभयो । बाढीले भगवाननगर क्षेत्रको सडकमा रहेको ४ वटा कल्भर्टमा समेत क्षति पुर्याएको छ । कलभर्टमा क्षति पुगेकाले गाडी समेत गुड्न नसक्ने बनाएको छ । 
बाढीले इच्छानगरमा रहेको एउटा पक्की पुल बगाएको र जनक खड्काको घरमा क्षति पुर्याएको स्थानीय रामकृष्ण पन्तले जानकारी दिए । भिषण बाढीका कारण ढेडुखोलामा निर्माण गरिएको दुइवटा चेक ड्याम समेत बगाए पछि ठोरीको सरस्वतीनगर, दिपकनगर, जानकीनगर र भगवाननगर उच्च जोखिममा रहेको समाजसेवी रामप्रकाश कुंवरले जानकारी दिए । त्यसैगरी

वर्षाका कारण बाराको सिम्रोनगढ नगरपालिकाको कचोर्वा ११ रामनगर , चौरहीया टोल , अमरपुर , हरीहरपुर लगायत विभिन्न गाउँमा बाढी आएको छ । वर्षाले ६ वटा घर भत्किएका छन् भने घर भत्किएर एक जनाको ज्यान गएको हाम्रा सहकर्मी रामेश्वर मेहताले जनाएका छन् । घर भत्किएर मृत्यु हुनेमा सिम्रोनगढ नगरपालिका ८ कचोर्वा टोलका विलास पासवानकी ४५ वर्षिय श्रीमती गहनी पासवान रहेको हाम्रा सहकर्मी मेहताले जनाएका छन् । पासवान संगै घर  भत्किदाँ चौपायाहरु पुरीएकोले सिम्रोनगढका प्रहरी निरीक्षक लालसर्भ श्री बहादुर सिहँको नेतृत्वको घटनास्थल तर्फ गएको जनाईएको छ । वर्षाका कारण बारा पर्सा रौतहटको अधिकाशं खेतीयोग्य जमिन डुवानमा परेका छन् ।  

यसैगरी गएराती अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशैभरि बबण्डर मच्चाएको छ । शनिबार विहानसम्म प्राप्त विवरण अनुसार विभिन्न जिल्लामा २३ जनाको मृत्यु भएको छ । दर्जनौं घर बगेका छन् भने सैयौं विघा जमिन र बालीनालीमा क्षति पुगेको छ । गृहमन्त्रालयका अनुसार अहिलेसम्म बाढी र पहिरोमा परेर २३ जनाको ज्यान गएको छ भने चार जना हराइरहेका छन् । पश्चिम नेपालका तीनवटा पक्की पुलहरु बगेका छन् । गृहमन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, सर्लाही र रौतहट जिल्ला पूर्णरुपमा डुबानमा परेका छन् । त्यसैगरी राप्ती नदीपारिको वस्तीसमेत डुबेको गृहले जनाएको छ । प्रकोपबाट पीडित बनेकाहरुको उद्धारमा सुरक्षा संयन्त्र सक्रियरुपमा खटिरहेको गहमन्त्री जनार्दन शर्माले बताउनुभयो । अहिलेसम्मको विवरण अनुसार सुनसरीमा ६, सिन्धुलीमा ४, बाँकेमा ४, झापामा १ र मोरङमा १ जनाको मृत्यु भएको छ । शुक्रबार मात्रै पाँचथरमा पहिरोमा परेर ४ जनाको मृत्यु भएको थियो । 
 

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

राम मण्डल मंसिर ४ बीरगञ्ज  बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।