पर्सामा रहेका अधिकास पेट्रोल पम्पहरुमा आन्दोलनको नाममा कालोबजारी शुरु

   
460   पटक पढिएको

वीरगंज,२५साउन
पर्सामा रहेका अधिकास पेट्रोल पम्पहरु आन्दोलनको नाममा कालोबजारी शुरु गरेका छन ।

साउन २६गते भोलीदेखि परिमाण अर्थात क्वान्टीटीको बिषयलाई लिएर आन्दोलन गर्ने  पेट्रोलिय एसोसियनले जनाएपनि हिजो देखी नै कालोबजारी गरिहेको उपभोक्ताहरुले अरोप लगाएका छन । हिजोसम्म नेपाल आयल निगम क्षेत्रीय कार्यालय वीरगंजबाट पेट्रोलिय पदार्थ लिएका व्यवसायीहरु आन्दोलनको नाममा कालोबजारी गरिरहेका हुन ।

भारतीय आयल निगम रक्सौल डिप्पोबाट परिमाण कम भएको भन्दै भोली विहीबारदेखि पेट्रोल नलिई आन्दोलन गर्ने  पेट्रोलिय एसोसियनले जनाएपनि हिजोदेखि नै नगर तथा पर्साको ग्रामिण क्षेत्रका पेट्रेल पम्पहरुले  पेट्रोल छैन भनेर नगरका पेट्रोल पम्पहरुले बोर्ड झुन्डयाइसकेका छन । पर्साका नगर क्षेत्र तथा ग्रमिण भेगमा रहेका सबै पेट्रोल पम्पहरुले पेट्रोलिय पर्दाथ बिक्रिमा रोक लगाएपछि अहिले मोटरसाईकल र सवारीधनीलाई आवतजावत तथा मालसामान ढुवानी गर्न समस्या परेको श्रीपुर निवासी प्रसान्त दुबेले बताउनुभयो ।

अहिले नगर तथा ग्रामिण क्षेत्रका अधिकास पम्पहरुमा पेटोल छैन  भन्ने बोर्ड झुन्डाएको छ । भारतीय आयल निगम रक्सौल डिपोबाट पेट्रोलीयम पर्दाथ खरिद गर्दा प्रतिकेलमा ५० लिटर पेटोलीयम पर्दाथ कम दिने गरेको बिषयलाई लिएर नेपाल पेट्रोलिय एसोसियनले साउन २६ गते बिहिबार देखि  नेपाल आयल निगमसंग पेट्रोल नलिने  तथा २९ गतेदेखि डिजल नलिने प्रेस विज्ञप्ती जारी गरेसंगै कालोबजारी शुरु भएको हो । ।

यस बिषयमा एसोसियन पर्सा अध्यक्ष बिनोद चौरसियासंग बुझदा लामो बिदा भएको कारण कुनै–कुनै पम्पहरुमा तेल हुन नसक्ने प्रतिक्रिया दिएका छन् । आज एकदिन आयल निगमसंग पेट्राल लिने र आफनो उपभोक्ताहरुलाई तेल बिक्रि गर्ने अध्यक्ष चौरसियाले बताउनुभयो । भारतीय आयलन निगम रक्सौल डिपोले नेपाली व्यपारीहरुलाई हेप्ने तथा ठग्ने कार्य गरिरहे तापनि नेपाल आयल निगले चासो नदेखापछि आफुहरुले आन्दोलन गर्न बाध्य भएको अध्यक्ष चौरसियाले बताउनुभयो ।

यस बिषय बिषयमा नेपाल आयल निगम क्षेत्रीय कार्यलय वीरगजका प्रमुख उपेन्द्र नेपालसंग बुझिदा अन्य दिनको तुल्नामा हिजो आफुले दोवबर पेट्रोल  बारा पर्साका व्यपारीहरुला दिएको बताउनुभयो ।  बारा पर्सामा दैनिक खपत हुने ४÷५ वटा गाडीको साटो मंगलबार हिजो आफुले १० गाडी पेट्रोल दिएको कार्यलय प्रमुख नेपालले बताउनुभयो । 

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।