अनियमित लोडसेटिंगले विरगंजका व्यवसायीहरु मारमा ,उद्योगको उत्पादनमा असर परेको व्यवसायीहरुको गुनासो

   
87   पटक पढिएको

लोडसेडिङ भन्दा बाहेकको समयमा पनि पटक पटक अचानक विद्युती आपुर्ति सेवा अवरुद्ध अअर्था ट्रिपीङ हुदा बारा पर्सा औद्योगिक कोरिडोरमा रहेका उद्योगहरुको उत्पादनमा असर परेको छ ।

 नेपाल विद्युत प्राधिकरणले बारा पर्सा औद्योगिक कोरिडोरमा दैनिक २० घण्डा विद्युती आपुर्ति गर्दै आएको छ । दैनिक २० घण्टा विद्युती आपुर्ति हुदै आएको औद्योगिगक कोरिडोरमा एक महिना यता दिनहु १० पटक सम्म ट्रिपीङ हुने गरेको छ ।  छिन छिनमा हुने ट्रिपीङले उद्योगहरुको उपकरणमा समस्या आउनुका साथै उद्योगले क्षमता अनुसारको उत्पादन पनि गर्न नसकेको उद्योगीहरुले बताएका छन् ।  

ट्रिपीङले सबै भन्दा बढि प्लाष्टिक र फलाम जन्य मालसामान उत्पादन गदै आएका उद्योगहरुमा बढि असर परेको वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुबोध कुमार गुप्ताले बताउनु भयो । प्लाष्टिकजन्य र फलाम जन्य कच्चा पदार्थ प्रशोधन गर्ने भट्टीलाइ तताउन लगातार १२ घण्टा विद्युत लाइन चाहिने भन्दै उहाले तर हरेक एक घण्टा दुइ घण्टामा पटक पटक लाइन कट्ने गरेका कारण भट्टी तात्न नसक्दा यसको सिधा असर उत्पादनमा पर्ने गरेको बताउनु भयो । उद्योगमा प्लान्ट चलिरहेका बेला टिपिङ हुदा उत्पादन गर्न लागिएका मालसामानको गुणस्तरमा नै असर परेको बताउदै अलौंमा रहेको न्यु ओम खाद्य उद्योगका सन्चालक विश्वमिन्त्र प्रसाद कलवारले  टिपिङका कारण धेरै कच्चा पदार्थ पनि खेर भइरहेको र उत्पादित तयारी सामानको गुणस्तर पनि कमशल भएको बताउनु भयो ।

एक पटक ट्रिपीङ हुदा उत्पादनमा असर पर्न गइ कम्तीमा पनि १० देखि २० हजार रुपैया सम्मको नोक्सानी हुने गरेको चामल उद्योगी समेत रहेका संघका उपाध्यक्ष गुप्ताले ट्रिपीङले उद्योगमा जडान गरिएका विद्युती उपकरणहरु पटक पटक बिग्रिरहेकाले ट्रिपीङका कारण उद्योगीहरु आजित नै भइसकेका बताउनु भयो । बारा पर्सा औद्योगिक कोरिडोरमा रहेका प्राधिकरणका विद्युती पोलमा झुण्डयाइएका तारको क्षमता भन्दा बढि मात्रामा विद्युत आपुर्ति भइरहेका कारण स्पाइरिङ भएर पटक पटक ट्रिपीङ भइरहेको उहाले बताउनु भयो ।  २० वर्ष पहिले जति विद्युत आवश्यक थियो त्यही क्षमताका विद्युत पोल र तारहरुमा अहिले पनि विद्युत लाइन प्रवाह भइरहेको छ , उहाले भन्नु भयो ,‘ अहिले विद्युतको माग अत्यन्तै बढी छ , तर पोल र तारको स्तरोन्नत्ती गरिएकको छैन , त्यसैले होइ लोड थेग्न नसकेका कारण तारमा स्पाइरिङ भएर पटक पटक ट्रिपीङ हुन पुगेको हो ।  

बारा पर्सा औद्योगिक कोरिडोरमा एक सय ९० मेगावाट विद्युत आवश्यक रहेकोमा अहिले एक सय २० मेगावाट मात्र विद्युत आपुर्ति भइरहेको वीरगन्ज उद्योग वाणिज्य संघले जनाएको छ । बारा पर्सा औद्योगिक कोरिडोरमा रहेको विद्युतको समस्याका बारेमा विद्युत प्राधिकरणका साथै उर्जा मन्त्रालय, उद्योग मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा पटक पटक धाएर ध्यानाकर्षण गराउदा पनि कुनै सुनुवाइ नभएको संघका अध्यक्ष ओम प्रकाश शर्माले गुनासो गर्नु भयो ।  नेपाल विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख चुटुन कुमार श्रीवास्तवले भने माग भन्दा आपुर्ति कम भएका कारण पसा बारा औद्योगिक कोरिडोरम केहि समय यता विद्युत आपुर्तिमा समस्या देखिएको बताउनु भयो ।

मुजफरपुर ढल्केवर प्रशारण लाइनका केहि ठाँउमा प्राविधीक समस्या भएको र त्यसको मर्मत भइरहेकाले पनि ट्रिपीङको समस्या भएको उहाले बताउनु भयो ।वीरगन्ज उद्योग वाणिज्य संघका अनुसार बारा पर्सा औद्योगिक कोरिडोरमा साना ठुला गरि करिब नौ सय उद्योगहरु सन्चालनमा रहेका छन् । 

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

राम मण्डल मंसिर ४ बीरगञ्ज  बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।