विरगंज महानगरमा माओवादी केन्द्रबाट मेयर पदमा रहबर अंसारीलाई मुस्किल , बाबुराम कौशिकले रोक्दै ,आफनो लागि कसरत गर्दै 

   
2047   पटक पढिएको

बिन्दुभुषण साह\राम मण्डल 
साउन २४ बीरगंज  आगामी असोजको तेस्रो चरणको स्थानिय तह निर्वाचनको लागि विरगंज महानगरमा माआवादी केन्द्रको तर्फबाट मेयर पदको लागि चर्चामा रहेका रहबर अंसारीलाई टिकट पाउने मुस्किल देखिएको छ ।

वीरगंज महानगरपालिका वार्ड नं.१७ बहुवरी घर भएका रहबर विदेशबाट पढाई सकाएर राजनितिकमा हाम फालेका छन । गण्डक हास्पीटलका प्रबन्ध निर्देशक समेत रहेका मेयरका आकांक्षी अंसारीलाई वीरगंज महानगरपालिकाको लागि स्वच्छ,इमान्दार एवम विकासको लागि नयाँ भिजन भएकाले माओवादी पर्साका युवा नेताहरु अंसारीलाई मेयरमा सारेका हुन तर यहाका माओबादीका पुराना एवम संस्थापन पक्षका नेताहरुले भने उनको विरोध गरि बाबुराम कौशिकको नाम अगाडी सारेका हुन ।

यहाका युवाहरु माझँ लोकप्रिय नेताको रुपमा उदाउदै गरेका रहबर अंसारीलाई पार्टीमा लगानी नभएको भन्दै पुर्व जिल्ला ईन्चार्ज समेत रहेका बाबुराम कौशिकलाई मेयरको उम्मेदारको रुपमा अगाडी सारिएको माओबादीका नेता रामज्ञा कुशवाहाले बताउनुभयो । पर्साका माओबादी नेता कुशवाहाले भने पार्टीका केहि विद्यार्थी नेताहरु रहबर अंसारीलाई मेयरको रुपमा अगाडी सारेको भएपनि पार्टीको वीरगंज नगर कमिटीबाट मेयर पदमा बाबुराम कौशिक र उप मेयरमा महिला नेतृ शेख चाँद तारालाई निर्णय गरेको जानकारी दिनुभयो ।

पार्टीको तर्फबाट आधिकारीक उम्मेद्वार हुन महानगर कमिटीको सिफारीस आवश्यक पर्छ ,एक्लै आफनो प्रचार गरि मेयर पदको दावी गरेर केहि हुनेवाला छैन ।वीरगंज महानगरको आधिकारीक सिफारीस गरिएका उम्मेद्वार बाबुराम जी हुनुहुन्छ वहालाई कसैले रोक्न सक्दैन ,कुन आधारमा रहबर जी उम्मेद्वार बन्न पाउनुहुन्छ त्यो सम्भव छैन कुशवाहाले भन्नुभयो । तर वीरगंज महानगरको माओबादीबाट सर्वाधिक चर्चामा रहेका मेयरका आंकाक्षी रहबर अंसारीले भने पार्टीमा मेयरका धेरै आकांक्षी भएपनि पार्टीले गरेको निर्णय आफुलाई मान्य हुने बताउनुभयो ।

मेयर पदका आकांक्षी अंसारीले भन्नुभयो –“माओवादी पार्टीको निति र सिद्घान्तले मैले पार्टीमा लागेको हु पदको लोभले होईन,अरुले आकांक्षा राखे जस्तै मैले पनि विरगंजको विकासको भिजनका साथ मेयर पदको आकांक्षा मात्र राखेको हु । पार्टीले मेयरमा जसलाई पनि टिकट दिएमा सर्हष स्विकार गरिनेछ ।

युवाहरु माझँ लोकप्रिय नेकपा माआबादी केन्द्रबाट मेयरमा रहबर अंसारीको चर्चा चलेपछि एमालेबाट आधिकारिक उम्मेद्वार बनेका नेशनल मेडिकल कलेजका निर्देशक बसुरुदिन अंसारीलाई सकस हुने देखिएको अन्य दलका नेताहरुले आकलन गरेका छन । तर रहबर अंसारीलाई टिकट नदिई अन्यलाई टिकट दिएमा बसुरुदिन अंसारीले यहाका अन्य दलहरुलाई कडा टक्कर दिन सक्ने आम सर्वसाधारणले अनुमान गरेका छन । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

स्थानीय चुनाव बिशेष

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

राम मण्डल मंसिर ४ बीरगञ्ज  बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।