पोखरियाको मेयरमा फोरम नेपालको प्रदुमन चौहानको पल्ला भारी ,मेयर पदमा त्रिकोणात्मक टक्कर हुने संकेत ,महिला उम्मेदारको चचै छैन ।

   
2359   पटक पढिएको

विन्दुभुषण साह
वीरगंज,२३ साउन 
आसन्न तेस्रो चरणको स्थानीय तह निर्वाचनको लागि पर्साको पोखरिया नगरपालिकामा मेयर पदको लागि त्रिकोणात्मक प्रतिस्पर्धा हुने देखिएको छ । 
पोखरिया नगरपालिकाको मेयरमा कांग्रेसबाट पुर्व सभासद रामेशवर रौनियार , फोरम नेपालबाट प्रदुमन चौहान र नेपाल संघिय सामाजबादी फोरम नेपालबाट दिपनारायण–‘(मन्टु) रौनियार बीच कडा टक्कर हुने देखिएको छ ।
 पोखरिया नगरपालिकामा रहेका कटी बलुवा, भेडिहारी,हरिहरपपुर,मुडली साविकको गाविसमा नेपाल संघिय सामाजबादी फोरम नेपालको पक्कड राम्रो रहेकाले मन्टु रौनियारले कडा टक्कर दिन सक्ने देखिएको छ तर पुर्व सभासद रहेका प्रदुमन चौहान र प्रहलाद गिरी एमाले परित्याग गरि संघिय सामाजबादी फोरम नेपालमा प्रबेश गरेपछि त्यहाको मेयरको टक्कर रोचक बनेको छ । 
फोरम नेपालका मेयरका उम्मेदार प्रदुमन चौहान अगाडी आएपछि जसरी पनि मेयरको पद जितेरै छाडने पोखरिया नगरपालिका विरंचीवर्वाका एक हस्ती तथा पत्रकार पवन तिवारी , मुडलीका दिनेश चौहान , प्रहलाद गिरी र बैरियाका पुर्व गाविस अध्यक्ष मुख्तार देवान, गोविन्दपुरका खलिल मियाँ र पुर्व गाविस अध्यक्ष योगेन्द्र कुर्मी लगायतका नेताहरु कम्मर कसेर लागेका छन । 
यो अवस्था हेर्ने हो भने सबैभन्दा मजबुत फोरम नेपालका प्रदुमन चौहान अग्रपंगतीमा देखिएका छन । यस्तै कांग्रेसबाट पुर्व सभासद रामेश्वर रौनियारले मेयर पदमा आकांक्षा देखाएपछि कांग्रेस मुडलीका राजेन्द्र राउत कुर्मी लगायतका नेताहरु रुष्ट बनेका छन । तर नेपाली कांग्रेसभित्र अन्तरघात भएन भने मुख्य प्रतिस्पर्धामा रहने देखिएको छ ,कारण नेपाली कांग्रेसका कार्यकर्ताहरुमा अहिलेसम्म फुट देखिएको छैन ।  

आसन्न तेस्रो चरणको स्थानीय तह निर्वाचनको लागि पर्साको पोखरीया नगरपालिकामा राजनीतिक दलका नेताहरुले चुनावी गतिविधी तिब्र पारेका छन् । पोखरिया नगरपालिकामा मेयरका आकांक्षी र  दलका नेताहरु आ–आफनो पक्षमा जनमत बलियो बनाउन अन्य दलका असन्तुष्ट नेता कार्यकर्ताहरुलाई  पार्टीमा भित्रयाउनका लागि बार्गेनिङ्ग पनि शुरु गरेका छन् ।चुनाव लड्न चाहने आकांक्षी नेता र राजनीतिक दलहरुले आफनो पक्षमा जनमत बटुल्न कार्यकर्ता भेला , भेटघाट , बैठक, पार्टी प्रवेश जस्ता कार्यक्रमहरु दिनहु आयोजना गरिरहेका छन् ।
 मेयरका आकांक्षी नेता तथा कार्यकर्ताहरुले सामाजिक संजालमा समेत प्रचार प्रसार शुरु गरिसकेका छन । राष्ट्रिय जनता पार्टीका नेताले संगठन विस्तार र आन्दोलनको तयारीका लागि राजनीतीक कार्यक्रमहरु गरेको दाबी गरेपनि उनिहरुले पनि चुनावकै लागि आन्तरिक रुपमा कार्यकर्ता भेला र पार्टी प्रवेश जस्ता कार्यक्रम गर्दै आएको स्थानीयवासीले बताएका छन् । पोखरीया नगरपालिकाको मेयरका लागि विभिन्न राजनीतिक दलका तर्फबाट नेताहरुको नाम चर्चामा आएको छ । 
पोखरीया नगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका तर्फबाट पुर्वसभासद रामेश्वर रौनीयार र साविकको मुडली गाविसका पुर्व अध्यक्ष राजेन्द्र कुर्मीको नाम चर्चामा आएको छ । यस्तै नेकपा एमालेका तर्फबाट प्रेस चौतारी पर्साका अध्यक्ष अनुप तिवारी र वृजेश चौहानको नाम चर्चामा रहेको छ । पोखरीया नगरपालिकाको मेयर पदका  लागि नेकपा माओवादी केन्द्रका तर्फबाट वाइसियल पर्साका पुर्व संयोजक शम्भु पाल र विधार्थी नेता रामबाबु बैठा तथा नेपाल संघीय समाजवादी पार्टीका तर्फबाट दिपनारायण रौनियार र संघिय सामाजबादी फोरम नेपालबाट पुर्व सभासद प्रद्धुमन चौहानको नाम चर्चामा आएको छ ।
यस्तै  राजपाबाट जोगानन्द चौहान र राजु साह मेयरका लागि आकांक्षी रहनु भएको छ । पोखरिया नगरपालिकामा मेयरका लागि त्रिकोणत्मक प्रतिस्पर्धा  हुने देखिएको छ । 
पोखरीयाको मेयरमा काँग्रेस, फोरम नेपाल र नेपाल संघिय सामाजबादी पार्टीका उम्मेदवार बिच मुख्य प्रतिस्पर्धा हुने देखिएको हो । पोखरीया नगरपालिकामा आसन्न स्थानीय तह निर्वाचनका लागि आकांक्षीहरुमा पुरुषहरुको नाम मात्रै चर्चा आएको र महिलाहरुको नाम भने कुनै पनि दलका तर्फबाट  चर्चामा नआएको हाम्रा सहकर्मी लालबाबु बानियाले जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

अन्तराष्ट्रिय

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।