नक्कली प्रहरी बनेर रकम असुल्न खेज्ने युवक पक्राउ

   
119   पटक पढिएको

साउन २२ बीरगंज आफुलाइ प्रहरी बताएर धाकधम्की दिइ विभिन्न व्याक्तिसंग रकम असुल्न खेज्ने एक जना युवकलाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको बहुदरमाइ गाँउपालिका वडा नम्बर २ डकैला बहुअरी घर भएका २४ वर्षिय विनोद मण्डल रहेका छन् । वीरगन्जको रजत जयन्ति चोकमा शनिबार दिउँसो हैटौडा उपमहानगरपालिका वडा नम्बर १० का दिपशन खरेल र किरण कार्की सवार ना ३७ प ४९१० नम्बरको मोटरसाइकल रोकेर मण्डलले आफु सादा पोशाकमा खटिएको प्रहरी भएको भन्दै ती दुवै युवकको शरिर खानतलाशी गरि लाइसेन्स , ब्लुबुक र दुइ सय २० रुपैया खोसेर एक लाख रुपैया दिए पछि मात्र छोड्ने बताएपछि प्रहरीले मण्डललाइ पक्राउ गरेको हो । मण्डलले यसअघि पनि आफुलाइ प्रहरी निरिक्षक बताएर तस्करीको लाइन खोली दिने भन्दै विभिन्न व्याक्तिबाट रकम असुलेको प्रहरीको भनाइ छ । पक्राउ परेका मण्डललाइ आज जिल्ला प्रहरी कार्यालय पर्सामा सार्वजनिक गर्दै प्रहरी नायव उपरिक्षक चक्रराज जोशीले मण्डलको बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिनु भयो । 
 

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।