बारामा ७९ वटा सहकारी संस्थाको दर्ता खारेज

बारामा ७९ वटा सहकारी संस्थाको दर्ता खारेज

   
348   पटक पढिएको

बारामा ७९ वटा सहकारी संस्थाको दर्ता खारेज गरिएको छ । 

कलैया, साउन २२   सहकारी ऐन २०४८ को परिच्छेद १० को दफा ४१ को उपदफा ३ बमोजिम जिल्लामा रहेका सहकारीमध्ये ती संस्थाको दर्ता खारेज गरिएको डिभिजन सहकारी कार्यालय बाराले जनाएको छ । सहकारी ऐन बमोजिम दर्ता भएका ती सहकारी संस्थाले ऐन नियम तथा संस्था स्वीकृत विनियमबमोजिम गर्नुपर्ने कार्य नगरेको र ३१ वर्षसम्म कुनै पनि विवरण नबुझाएकाले ती सहकारी संस्थाको दर्ता खारेज गरिएको डिभिजन सहकारी कार्यालय बाराका कार्यालय प्रमुख कुलोत्तम पोखरेलले बताउनुभयो । गत वर्षसम्म बारा जिल्लामा १० प्रकारका ७११ वटा सहकारी संस्था सञ्चालनमा छन् । तीमध्ये कृषि सहकारी ३६०, बचत तथा ऋण सहकारी २२७, बहुद्देश्यीय सहकारी ५३, साना किसान सहकारी १९, पशुपालन सहकारी १६, दूध उत्पादन सहकारी १५, मत्स्य सहकारी १३, सञ्चार सहकारी चार, उपभोक्ता सहकारी तीन र तरकारी तथा फलफूल सहकारी संस्था एक वटा रहेका छन् । 

बारामा धान रोपाइँ कार्य सम्पन्न 

यो वर्ष बारामा बर्खे धानको (भदैवा–अगहनी) रोपाइँ कार्य सम्पन्न भएको कृषि विकास कार्यालयका सूचना अधिकृत रामदयाल ठाकुरले बताउनुभएको छ । जिल्लामा यो वर्ष बर्षे (भदैया) धान १२ हजार ५३२ हेक्टर, अगहनी ४० हजार १३१ हेक्टर तथा ५२ हजार ६६३ हेक्टरमा हर्दिनाथ–१, चैते–२, चैते–४, राधा ४, सोना मन्सुली सावित्री, स्वर्ण सव–१ सावा मन्सुली, राधा ११ जातको धान रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । गत वर्ष ०७३÷०७४ मा कुल ५४ हजार २८९ हेक्टर क्षेत्रफमा गरिएको बर्खे धान खेतीबाट बारामा प्रतिहेक्टर ३ दशमलव ४ मेट्रिक टनका दरले कुल एक लाख ८५ हजार ५०४ मेट्रिक टन धान उत्पादन भएको थियो ।गोरखापत्र

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।