पर्सामा बैदेशिक रोजगारका कारण सम्बन्ध विच्छेद बढदै ,

   
164   पटक पढिएको

विरगंज,२२ साउन
उमेर नपुग्दै अभिभावकको करकापमा हुने विहे र वैदेशीक रोजगारीका कारण पर्सामा  पति पत्नि बिचको सम्बन्ध विच्छेद  अर्थात डिभोर्सका घटना वर्षेनी बढदै गएको छ ।

पर्सा जिल्ला अदालतमा आर्थिक वर्ष २०७०÷७१ मा सम्बन्ध विच्छेदका ६० वटा मुद्धा  दर्ता भएको थियो । त्यसपछिका हरेक वर्षमा पर्सा जिल्ला अदालतमा सम्बन्ध विच्छेदका मुद्धाको संख्या बढदै गएको छ ।

 आर्थिक २०७१÷०७२ मा एक सय ३३ वटा र आर्थिक वर्ष २०७२÷०७३ मा एक सय ५१ वटा सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएकोमा गत आर्थिक वर्ष २०७३÷०७४ मा भने सम्बन्ध विच्छेदका एक सय ७९ वटा मुद्धा दर्ता भएको पर्सा जिल्ला अदालतले जनाएको छ । छोराछोरीको उमेर नपुग्दै अभिभावकले करकापमा विहे गरिदिएका कारण पर्सामा वर्षेनी सम्बन्ध विच्छेदका घटनामा बृद्धि हुदै गएको पर्सा जिल्ला अदालतका सुचना अधिकारी नारायण पौडेलले जानकारी दिनु भयो ।

उमेर नपुग्दै अभिभावकको करकापमा विहे गरिन्छ , महिला घरमै बस्छन तर पुरुषहरु अध्ययन वा कामको शीलशीलमा बाहिर बस्छन् , उहाले भन्नु भयो ,‘लामो समय सम्म बाहिर बस्दा पुरुषहरुको अन्य युवती वा महिलासंग सम्बन्ध नजिकिन्छ अनि पुरुषहरु अर्को विहे गर्ने निर्णयमा पुग्छन् , यही कारणले नै अधिकांश सम्बन्ध विच्छेद हुने गरेको छ ।

तराइ मधेशमा कम उमेरमै विवाह हुनु र पछि उमेर परिपक्व हुदै गएपछि एकले अर्कालाइ मन नपराउने कारणले  सम्बन्ध विच्छेद गर्ने प्रवृति बढ्दै गएको अधिवक्ता वीरेन्द्र यादवले पनि बताउनु भयो ।वैदेशिक रोजगारीका कारण पनि पतिपत्नि बिच सम्बन्ध विच्छेद हुने गरेको पर्सा जिल्ला अदालतका श्रेस्तेदार ठाकुर खरेलले बताउनु भयो ।  

पति पत्नि बिचको अधिकांश सम्बन्ध विच्छेद कम उमेरमै विहे गर्ने र वैदेशीक रोजगारका कारण नै हुने गरेको श्रेस्तेदार खरेलले  बताउनु भयो । वैदेशिक रोजगारीमा दुई तीन वर्ष बिताएर घर फर्किएपछि पति पत्निको सम्बन्धमा फाटो आउने गरेका कारण सम्बन्ध बिच्छेद गर्ने चलन बढ्दो रहेको उहाले बताउनु भयो  ।

बैदेशीक रोजगारीमा दुइ तीन वर्ष बिताएर घर फर्कने पुरुषले पत्निको आचरण माथि शंका गर्नु, पति विदेशमै रहेका बेला पत्निको परपुरुषसँग सम्बन्ध जोड्नु जस्ता कारणले गर्दा पनि पर्सामा सम्बन्ध बिच्छेद गर्ने दम्पतिहरुको सख्या दिन प्रति दिन बढदै गएको अधिवक्ता यादवको तर्क छ । 

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

जिल्ला समन्वय समिति पर्साको सभापतिमा फोरमका उम्मेदवार बिजयी 

जिल्ला समन्वय समिति पर्साको सभापतिमा फोरमका उम्मेदवार बिजयी 

पर्सा जिल्लामा शुक्रबारको चुनावी घरदैलोका तस्बिरहरु

पर्सा जिल्लामा शुक्रबारको चुनावी घरदैलोका तस्बिरहरु

पर्सामा चुनावी प्रचार प्रसारका लागि समाजिक सञ्जालको ब्याप्क प्रयोग

राम मण्डल बीरगञ्ज मंसिर ८ पर्सामा चुनावी प्रचार प्रसारका लागि समाजिक सञ्जालको ब्याप्क प्रयोग

अन्तराष्ट्रिय

अफगान सेनाको कारबाहीमा १७ तालिबान मारिए

अफगान सेनाको कारबाहीमा १७ तालिबान मारिए

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।