मधेस समता पार्टी नेपाल पर्साको जिल्ला अध्यक्षमा अकलेश साह

   
99   पटक पढिएको

वीरगंज, साउन २१
मधेस समता पार्टी नेपाल पर्साको अध्यक्षमा अकलेश साह चयन हुनुभएको छ । पार्टी कार्यालय वीरगंजमा आज बसेको बैठकले वीरगंज नगर अध्यक्ष रहेको साहलाई जिल्ला अध्यक्षमा सर्वसहमतीले चयन गरेको हो ।

राष्ट्रिय अध्यक्ष मेघराज निसादको प्रमुख आतिथ्यमा बसेको बैठकले पर्सा जिल्ला र वीरगंज महानगर कमिटीको पुर्न गठन गर्दै पर्सा जिल्ला अध्यक्षमा अकलेश साह र वीरगंज नगर अध्यक्षम सुनील गुप्तालाई चयन गरेको हो । नव गठित जिल्ला कमिटीमा २१ जना सदस्य रहेका छन ।

अकलेश साहको अध्यक्षतामा बसेको बैठकमा केन्द्रिय उपाध्यक्ष तेजप्रकास निसाद, नेताहरु राजेश गुप्ता, उमेश गुप्ता, मनिष तमाङ्ग, अमित अर्याल, मन्सुर अंसारी लगायतको उपस्थिती रहेको थियो । वैठकमा बोल्दै राष्ट्रिय अध्यक्ष निसादले संबिधान संशोधनमा नेपाली काँग्रेस र माओवादी समेत बाधक रहेको बताउनुभयो ।

एमालेलाई मोहडा बनाई काँग्रेस र माओवादी दुवैले मधेसी समुदायलाई धोका दिइरहेको आरोप लगाउनु भयो । यसैगरी बैठकमा बोल्दै पर्सा अध्यक्ष साहले संगठन निर्माण गर्न आफु जिल्ला दौडाहमा जाने बताउनु भयो ।

वहाले पार्टीको संगठन निर्माणका लागि आफु दिनरात खटने समेत जानकारी दिनुभयो । अध्यक्ष अकलेश साहले प्रदेश नम्बर २ राजधानी वीरगंजलाई बनाउने मुख्य लक्ष्य रहेको बताउदै वीरगंजमा विश्व बिद्यालयको काम अगाडि बढाउन पहल गर्ने बताउनु भयो ।

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

राम मण्डल मंसिर ४ बीरगञ्ज  बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।