अकाल मृत्युको कारण बन्दै सिमावर्ती भारतीय क्लिनिक ,पर्सामा ३ महिलाको ज्यान गयो

   
146   पटक पढिएको
पर्साको ग्रामिण भेगमा रहेका सरकारी स्वास्थ्य संस्थाहरुमा दरबन्दी भएर पनि चिकित्सकहरु कार्यरत नहुदा विरामीहरुले सिमावर्ती भारतीय बजारमा रहेको झोलेछाप डाक्टरहरुको क्लिनीकमा गएर अप्रेशन गराउन जाँदा ज्यान समेत गुमाउनु परेको छ । 

 

पर्साको ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरुमा चिकित्सकहरु कार्यरत नरहेको र नेपालमा भन्दा भारतमा संस्तो शुल्कमा उपचार हुने भन्दै पर्साको ग्रामीण भेगका विरामीहरु भारतीय बजारमा रहेका झोले डाक्टरहरुको क्लिनीकमा अप्रेसन गराउन जाँदा ज्यान गुमाउने गरेका हुन् । विगत एक महिना यता भारतीय बजारमा रहेका झोले डाक्टरहरुको क्लिनीकमा अप्रेसन गराउन गएका पर्साका तीन जना महिलाहरुको ज्यान गएपछि यो  तथ्य बाहिर आएको हो । पर्साको सिमावर्ती भारतीय बजार सिकटा, भिष्वा, ईनर्वा, मैनाटार, जमुनिया,भांगहा, नरकटियागंज लगायतका स्थानहरुमा रहेका क्लिनीकहरुमा पर्साको ग्रामीण भेगका बिरामीहरु उपचार र अप्रेशनका लागि जाने गरेका छन् । 

सिमावर्ती भारतीय बजारमा रहेका झोले डाक्टरहरुको क्लिनीकमा असुरक्षित शल्यक्रिया गराएर मृत्यु हुनेहरुमा पर्साको धोबिनीकी रामपति देवी ,सेढवाकी रेणु चौधरी र पटेर्वा सुगौलीकी ५८ बर्षिया चनमतिया देवी रहेका छन् । एक महिना पहिले  धोबनी निवासी महिला रामपती देबीले आफनो पाठेघरको अप्रेशन भारतको सिक्टामा रहेको एक क्लिनीकमा गराएको एक हप्तामै घाउ विग्रिएर उनको मृत्यु भएको थियो । त्यस्तै दुई साता अघि मात्र सुबर्णपुर गाउपालिका वडा नंबर ७ सेढवा निवासी रघुराय चौधरीकी १८ बर्षीया छोरी रेणु चौधरीले भारतीय बजार ईनर्वामा रहेको एक निजि क्लिनिकमा बबासीरको अप्रेशन गराएको तिन दिन नबित्दै उनको पनि मृत्यु भएको थियो ।

रेणुका बुवा रघुराय चौधरीले जेठी छोरी रेणुलाई बवासिर भएपछि भारतमा सस्तोमा अप्रेसन हुन्छ भनेर सिमावर्ती बजार ईनर्वामा रहेको डाक्टर एम.कुमारको क्लिनिकमा लगेर अप्रेसन गराएपछि त्यसको तीन दिन नवित्दै रेणुको मृत्यु भएको थियो । त्यस्तै पटेर्वा सुगौली गाउपालिका वडा नंबर ४ सुगौली निवासी ५८ बर्षिया चनमतिया देवीले गत फागुन महिनामा भारतको इनरवा बजारमै पत्थरीको शल्यक्रिया गराएको एक महिना मै उनको मृत्यु भएको मृतक चनमतीइा देवीका आफन्त गोबिन्द गुरुले बताउनुभयो । 

सिमावर्ती भारतीय बजारमा चिकित्सक शास्त्र अर्थात एमबिबिएस नै नपढेका स्वास्थ्यकर्मीहरुले निजि क्लिनिक र नर्सीङ होम सन्चालन गरेर बिरामीहरुलाइ ठग्दै आएको भएपनि त्यहाको नियमन निकाय मौन रहेको छ । त्यस्ता क्लिनीक र नर्सीङ होमहरुमा नक्कली डाक्टरहरुले पत्थरी, लिकोरीया, बच्चादानी, हर्निया, बवासीर, भकन्दर, हाइड्रोसील लगायतको अपरेशन गर्दै आएका छन् । बिरामीको शल्यक्रिया गर्दा अपरेशन थिएटर समेत नराखी खुल्ला कोठाकै खाटमै सुताएर अप्रेसन गर्ने गरिएका कारण विरामीहरुको मृत्यु हुने गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

पर्साको बहुदरमाई नगरपालिका

पर्साको बहुदरमाई नगरपालिका

बीरगंजको मतगणना कार्य शुरु

बीरगंजको मतगणना कार्य शुरु

पर्साको पर्सागढी नगरपालिका अपडेट

पर्साको पर्सागढी नगरपालिका अपडेट पर्साको कालिकामाई गाउपालिका  नेपाल संघीय समाजबादी  १८० कांग्रेस १२९ फोरम १२२

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।