दुई दिन देखि परेको अविरल बर्षाका कारण बाराको आधा दर्जन गाउँ डुबानमा  

   
233   पटक पढिएको

दुई दिन देखि परेको अविरल बर्षाले बाराको आधा दर्जन गाउँहरु डुबानमा परेका छन् । बर्षासँगै विभिन्न नदी तथा खोलाहरुमा आएको बाढीले गाउहरु जलमग्न भएका हुन्  । स्थानीय जमुनि खोलाको पानि गाउँमा पसेपछि बाराको बारागढी गाउँपालिका वडा नम्बर ३ मा एक दर्जन भन्दा बढी घर डुबानमा परेका छन् । वडा नम्बर ३ मा अधिकाशं घरमा पानी पसेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । २ देखि ३ फिटसम्म पानी घरमा पस्दा घरभित्र रहेका सम्पूर्ण सरसामान भिज्नुका साथै ती घरका मानिसहरुलाइ बस्न, सुत्न र खाना पकाउन पनि समस्या भएको छ । यस्तै जीतपुर सिमरा उप–महानगरपालिका वडा नम्बर ७ मा रहेको ईलाका प्रहरी कार्यालय जीतपुर पछाडीको पासवान टोल पनि डुबानमा परेको छ । पासवान टोलको १० वटै घरमा पनि पसेको छ । जितपुर सीमरा उपमहानगरपालिका वडा नम्बर १० बेहरा पुल नजिकैको गाउँ पनि डुवानमा परेको छ ।उक्त गाँउमा  २४ वटा घर डुबानमा परेको र ती मध्य ३ वटा फुसको घर भत्किएको ईलाका प्रहरी कार्यालय जीतपुरले जनाएको छ । यस्तै परवानिपुर गाउँपालिका वडा नम्बर ३ मा पनि १८ वटा घर डुबानमा परेको प्रहरीले जनाएको छ । बाराकै करैयामाई गाउपालिका वडा नम्बर १ मा पनि चार वटा घर डुबानमा परेको छ । यस्तै वर्षाका कारण पर्साको बेल्वा गाँउपालिका वडा नम्बर ४ प्रसौनीमा पनि १५ घर डुबानमा परेका छन् । वर्षाको पानीले प्रसौनीमा स्थानीय नरेन्द्र साह , राज देव साह र हरि साहको गरि १४ कठठा धान खेत कटान गरेको एमालेका स्थानीय नेता सुलेमान अन्सारीले जानकारी दिनु भयो । यस्तै पर्साको भेडाहा खोलामा आएको बाढी गाँउमा पसेका कारण बेल्वा गाउँपालिका वडा नंबर ३ लालपर्सा गाँउ पनि डुवानमा परेको छ । स्थानीय चन्द्रिका कुर्मी , असर्फी पासवान, शर्मालाल कुशवाहा, मुन्नी हजरा, पवन ठाकुर, गगन देव सहनी लगायत २५ जनाको घर डुवानमा परेको हो । लालपर्साकै एक सय विगाहा धानबाली पनि डुवानमा परेका छन् । यसैबीच बिहीबार बिहानै देखि खहरे खोलामा आएको बाढीका कारण ठोरीमा रोकिएका बस मध्ये एउटा शुक्रबार बिहान ठोरीबाट बीरगंजका लागि हिंडेको छ । प्रहरी, यात्रु र बसका कर्मचारीको सक्रियतामा ठुटे खोलाले कटान गरी बिगारेको सडकको मर्मत गरेर खोलाको फराकिलो बहावबाट बसलाई खोला तारेर बीरगंज पठाइएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले जानकारी दिनुभयो ।
 

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

राम मण्डल मंसिर ४ बीरगञ्ज  बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।