ठेकेदारको गैरजिम्मेवारी र महानगरको वेवास्ताको कारण वीरगंज डुबानमा

बर्षाका कारण वीरगंज र ठोरी सडक सम्पर्क टुटयो

   
179   पटक पढिएको

वीरगंज,२० साउन
वीरगंजमा अस्तीराती देखी परेको वर्षाका कारण वीरगंजको हरेक टोल र गल्ली तथा सडक जलमग्न भएपछि नगरवासीलाई सास्ती भएको छ । विद्यालय जाने बालबालिका देखी कार्यालय जाने मानिस सबैलाई सडकमा पानी जमेर ताल बनेका कारण समस्या भएको हो । हरेक वर्ष वर्षायाममा सडक तथा टोलमा जम्ने वर्षाको पानीको समस्याबाट यस वर्ष मुतिm पाईन्छ भन्ने आशामा रहेका वीरगन्जवासी यस वर्ष पनि वर्षाको मौसममा सास्ती खेप्न बाध्य भएका छन् । वर्षाका बेला सडकमा पानी जमेर हुने समस्याबाट वीरगंजवासीलाई मुतिm दिलाउने उद्देश्यले एडिबीको ऋण सहयोगमा एकिकृत मझौला सहरी विकास तथा बातावरणीय सुधार आयोजना अन्तर्गत ढल तथा नाला निर्माण कार्य समयमा नसकिदा नगरवासीहरु झन समस्या खेप्न बाध्य भएका हुन् । 

यसैविच अस्तीरातीदेखि परेको अविरल बर्षाका कारण पर्सा जिल्लाको सदरमुकाम वीरगञ्जसँग ठोरीको सडक सम्पर्क टुटेको छ । ठोरी देखि चितवन जिल्लाको सदरमुकाम भरतपुरसँगको सडक सम्पर्क पनि टुटेको छ । अस्तीरातीदेखी परेको वर्षाका कारण ठोरीको ठुटेखोला, ढेडुखोलामा बाढी आएपछि ठोरीबाट बीरगंज र चितवनको भरतपुर जाने यात्रुबाहक बसहरु ठोरीमै रोकिएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले जनकारी दिनुभयो । पानी पर्न नरोकिएकाले  बाढीको जोखीम झन बढ्न सक्ने भएकोले उच्चा सुरक्षा सतर्कता अपनाइएको र बाढीबाट मानवीय तथा भौतिक क्षति नपुगोस भनेर प्रहरी बिहानै देखि चनाखो भएर बसेको प्रहरी निरीक्षक गुरुले बताउनुभयो । बाढीले ठोरीको  विभिन्न ठाँउमा गरेको कटान लगायतका बारेमा बुझ्ने प्रयास भैरहेको प्रहरी निरीक्षक गुरुले बताउनुभयो । बाढीका कारण हिजो बिहान ५ बजे देखि ९ बजेसम्म चितवन जाने तयारीमा रहेको ३ वटा बस रोकिएको चितवन नारायणी यातायात व्यवसायी संघ उपसमितिका सचिव माधव आचार्यले जानकरी दिनुभयो । सुबर्णपुरबाट चितवन हिंडेको बस पनि ठुटेखोलाको बाढीका कारण ठोरी पारी नै रोकिएको उहाँले बताउनुभयो । 

 

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

राम मण्डल मंसिर ४ बीरगञ्ज  बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।