वीरगञ्ज चिनी कारखाना लिजमा संचालन गर्ने सरकारको योजनाले उखु किसानहरु हर्षित 

विगत १५ बर्षदेखि बन्द रहेकोे वीरगञ्ज चिनी कारखानालाई लिज अर्थात भाडामा सञ्चालनको अनुमति

   
4390   पटक पढिएको

विन्दुभुषण साह÷राम मण्डल
वीरगंज,१८ साउन
विगत १५ बर्षदेखि बन्द रहेकोे वीरगञ्ज चिनी कारखानालाई लिज अर्थात भाडामा सञ्चालनको अनुमति दिइ पुनर्जीवन दिने उद्योग मन्त्रालयको योजनाले पर्सा र बाराका उखु किसानहरु खुशी भएका छन् । विक्रम सम्वत २०१५ सालमा तत्कालीन राजा महेन्द्रले शोभियत संघ रुसको भ्रमण गर्दा भएको सम्झौता अनुरुप स्थापित वीरगन्ज  चिनी कारखना विगत १५ बर्षपछि सरकारले भाडामा चलाउन दिने योजनाले यस भेगका जनतामा फेरी एक पटक आशा पलाएको छ । 
विगत १५ बर्षदेखि बन्द रहेको वीरगंज चिनी कारखाना पुनःसंचालनको लागि गणतन्त्र पश्चात बनेको हरेक पार्टी नेतृत्वको सरकारले आफैले संचालन गर्ने बताएपनि १० बर्ष वितिसक्दा समेत ठोस निर्णय हुन सकेको थिएन । तर बर्तमान सरकारले उद्योग मन्त्रालय मार्फत प्रक्रिया अघि बढाएपछि किसानहरु हर्षित भएका हुन । 
नेपालको एक मात्र सरकारी चिनी उद्योग वीरगंज चिनी कारखाना स्थापना कालमै वार्षीक ९० हजार क्वीन्टल सम्म चिनि उत्पादन गरि मुनाफामा कमाउदै आएकोमा  २०३४ सालमा आधुनीक मेशिन थपिएपछि उत्पादन क्षमता झण्डै डेढ लाख क्वीन्टल पुगेको थियो । वीरगंज चिनी कारखानाको संचालनले पर्सा,बारा लगायतका किसानको जिवनस्तरमा वृद्धि भएपनि सरकार पिछै व्यवस्थापक फेर्ने कारणले घाटा बढ्दै गएपछि २०५९ साल फागुन १५ गतेको मन्त्रिपरिषद्को बैठकले वीरगन्ज चिनी कारखाना बन्द गर्ने निर्णय गरेको थियो ।  
 वीरगंज निची कारखाना सञ्चालन हुने खबरले आफुहरु उत्साहीत भएको पोखरीया नगरपालिकाका किसान दिनानाथ पासवानले बताउनुभयो । सरकारले ल्याएको पछिल्लो योजना कार्यान्वयन हुने हो कि होइन भनी किसानहरुले चासोपूर्वक हेरिरहेका छन् । विक्रम सम्वत २०१५ सालमा तत्कालीन राजा महेन्द्रले शोभियत संघ रुसको भ्रमण गर्दा भएको सम्झौता अनुरुप स्थापित वीरगन्ज  चिनी कारखना अहिले खण्डहरमा परिणत भएको छ । स्थापना कालमै वार्षीक ९० हजार क्वीन्टल सम्म चिनि उत्पादन गर्ने वीरगन्ज कारखानामा २०३४ सालमा आधुनीक मेशिन थपिएपछि उत्पादन क्षमता झण्डै डेढ लाख क्वीन्टल पुगेको थियो । तर पछि घाटा बढ्दै गएपछि २०५९ साल फागुन १५ गतेको मन्त्रिपरिषद्को बैठकले वीरगन्ज चिनी कारखाना बन्द गर्ने निर्णय गरेको थियो । 
कुनै समयमा वार्षीक करोडौँ रुपैया नाफा गर्ने देशको सबैभन्दा पुरानो वीरगंज चिनी कारखाना विगत १५ वर्ष देखी बन्द रहदाँ उखु खेती गर्ने किसानहरुलाई ठुलो असर परेको छ । वीरगंज चिनि कारखाना संचालनमा नआउँदा काराखानामा काम गर्ने कर्मचारीहरुको आस्रित परिवार मात्र नभई आफनो रोजीरोटी चलाउन उखु खेती गर्ने हजारौँ किसानलाई समेत कारखाना बन्दले ठूलो असर परेको हो । काराखाना बन्दपछि पर्सा र बाराका अधिकांश किसानहरुले उखु खेती नै गर्न छाडेका छन् ।वीरगन्ज चिनी  कारखाना बन्द भएपछि उत्पादन हुने उखु अन्य जिल्लामा बेच्नका लागि  विभिन्न समस्याको सामना गर्नुपरेको उखु किसानहरुले गुनासो गरेका छन् । 
उखु बेच्न बाराको रिलायन्स सुगर मिलमा लैजान बढी भाडा खर्च लाग्ने , चलान पुर्जीका लागि समस्या हुने र पर्साका किसानलाई चिनी मिलले प्राथमिकता नदिने गरेका कारण उखु बेच्न समस्या हुने गरेको पर्साको बनकटवाका किसान सुग्रीम प्रसाद कुर्मीले बताउनुभयो । वीरगंज चिनी काराखाना बन्द भएपछि धेरैले उखु खेती नै गर्न छोडीसकेको र केही किसानहरु भारत तर्फ उखु बेच्न पनि बाध्य भएको उखु किसानहरुले बताएका छन् ।  विरगंज चिनी कारखाना संचालनमा आएपछि पर्सा,बारा लगायतका उखु किसानहरु अभैm बढी उखु खेती गर्न आकर्षित हुने तथा बाहिर उखु बेच्ने बाध्यता अन्त्य हुने पर्सा भेडिहारीका किसान सोनालाल चौरसियाले बताउनुभयो । 
 

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

राम मण्डल मंसिर ४ बीरगञ्ज  बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।