भरतपुर १९ मा ६ मतदान केन्द्र, यस्तो छ दलहरुको हिसाब

   
52   पटक पढिएको

१८ साउन, चितवन । झण्डै २ महिना लामो विवाद टुंगिएसँगै भरतपुर महानगरपालिका वडा नः १९ मा साउन २० गते शुक्रबार पुनः मतदान हुँदैछ । चुनाव प्रचारको समय नै उपलब्ध नहुने गरी निर्वाचनको मिति घोषणा भएसँगै दलहरु निर्वाचनको आन्तरीक तयारीमा जुटेका छन् ।निर्वाचन आयोगले पुनः मतदानको निर्णय गससँगै कांग्रेस माओवादी गठवन्धनकी मेयर उम्मेदवार रेणु दाहाल निर्वाचन प्रचारप्रसारमा जुटेकी थिइन् । एमाले उम्मेदवार देवी ज्ञवाली पनि मतपत्र च्याँत्ने माओवादी कार्यको बिरोध र भण्डाफोर भन्दै जनताका बीचमा गइरहेका थिए ।

२७ वटा वडाको अन्तिम परिणामअनुसार, एमालेका मेयरमा उम्मेदवार देवी ज्ञवालीले ४० हजार ९८० मत ल्याएका छन् । माओवादी-कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहालको ४० हजार १९४ मत छ ।

३ मतदान स्थल, ६ वटा मतदान केन्द्र

वडा नम्वर १९ मा ३ वटा मतदानस्थल तय गरिएको छ, जहाँ ६ वटा मतदान केन्द्र रहनेछ । जसमा जीवनज्योति राप्रावि गुञ्जनगर, शारदानगर उच्च मावि शारदानगर र किरणगञ्ज मावि रानीपोखरी रहनेछन् ।

जीवनज्योति राप्रावि केन्द्रमा १३ सय मतदाता छन् भने, शारदानगरमा १२४१ र किरणगञ्जमा १२४३ मतदाता छन् । यसअघि वडा नः १९ मा २ हजार ८६० मत खसेको थियो । वडा नः १९ मा ३ हजार ७९७ मतदाता छन् ।

जलाइयो वडा नः १९ को मत !

भरतपुर महानगरपालिका वडा नः १९ का जनताले गएको बैशाख ३१ गते दिएको मत जलाइएको छ ।

जेठ १४ गते राती मतगणनाका क्रममा बसेका माओवादीका प्रतिनिधीहरु द्रोण सिवाकोटी र मधु न्यौपाने लगायतले मतपत्र च्याँतेपछि निर्वाचन आयोगले वडा नः १९ का सबै मतलाई बदर घोषणा गरेको थियो । राजनीतिक दलहरु, मूख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, प्रहरी प्रमुख दीपक थापाको उपस्थितीमा मतगणनास्थलमा जनताको मत जलाइएको हो । 

भरतपुरको हिसाब गर्दा

गठवन्धन गरेपनि भारतपुरमा कांग्रेसको सबै मत माओवादी उम्मेदवार रेणु दाहालले पाइनन्् । उम्मेदवारी दर्ता भइसकेको अवस्थामा तालमेल गर्नु र असन्तुष्टि मिलाउन नसक्दा पनि तालमेल प्रभावकारी भएन । अर्कोतर्फ सानो पार्टीको मत ठूलो पार्टीलाई खन्याउन जति सजिलो हुन्छ ठूलो पार्टीको मत सानोलाई खन्याउन उत्ति नै असजिलो ।

भरतपुरमा कांग्रेस र माओवादीको अलग अलग मत जोड्ने हो ५६ हजार १४ हुन आउँछ ।

जबकी एमाले मेयर उम्मेदवार देवी ज्ञवालीको मत ४१ हजार छ सय ४१ मात्रै ल्याएका छन् ।

वडा नम्वर १९ को १८ सय मत गणना गर्दासम्म एमाले वडाध्यक्षहरुले पाएको मतभन्दा ४ हजार ८ सय ६६ मत देवी ज्ञवालीले बढी ल्याएका थिए । मुलत वडाध्यक्षहरुले ल्याएको मतलाई नै सो पार्टीको आधिकारीक मत मानिन्छ । कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरुले ३६ हजार २० मत, एमालेका वडाध्यक्षहरुको कुल मत ३६ हजार ७७५ र माओवादीका वडाध्यक्षहरुको मत १९ हजार ९९४ छ ।

रेणु दाहालले प्राप्त गरेको ४० हजार ९ सय ८ बाट माओवादी वडाध्यक्षहरुले पाएको मत घटाउँदा बाँकी रहेको २० हजार ९ सय १४ मत कांग्रेसको हुन आँउछ । जवकी कांग्रेसका वडाध्यक्षहरुको मत नै ३६ हजार २० छ । यसो हेर्दा कांग्रेसको १५ हजार १ सय ६ मत रेणुलाई गएको छैन ।

यस्तै माओवादीले पनि कांग्रेसकी उपमेयर उम्मेदवार पार्वती शाहलाई मत दिएका छैनन् । शाहले ४४ हजार ९३५ मत ल्याएकी छन् । माओवादीले कांग्रेसलाई ८ हजार ९ सय १५ मत मात्रै दिएका छन् भने ११ हजार ७९ मत कांग्रेस उपमेयर उम्मेदवार शाहलाई दिएका छैनन् । बरु एमालेका मेयर र उपमेयर दुबै उम्मेदवारहरुले पार्टीका वडाध्यक्ष उम्मेदवारले भन्दा बढि मत पाएका छन् । उपमेयर उम्मेदवार दिब्य शर्मा आर्चायले पाएको ३८ हजार २५२ मत एमाले वडाध्यक्ष उम्मेदवारहरुको कुल मतभन्दा १४७७ मत बढि छ । एमाले मेयर उम्मेदवार देवी ज्ञवालीले वडाध्यक्षहरुको कुल मत भन्दा ४८ सय ६६ मत बढि छ ।

तर, वडा नम्बर १९ को मत बदर भइसकेको छ । अब त्यहाँ नयाँ मत कस्तो आउँदा हेर्न बाँकी छ । तर, कांग्रेस नेताहरुको दाबी छ कि अब कांग्रेस कार्यकर्ताले माओवादी उम्मेदवार रेणु दाहाललाई नै भोट हाल्नेछन् । एमालेले भने मत च्यातेको भन्दै कांग्रेसको मत आफूतिर तान्ने प्रयास गरेको छ ।

वडा नः १९ को गणना अघिसम्म देवी ज्ञवालीले रेणु दाहालले भन्दा ७८४ बढी मत पाएका छन् । साथै २० नम्बर वडाको मत गणना गर्न बाँकी नै छ, जुन लामो समयदेखि ढ्वांगमा छ । अनलाइनखबर डट कमबाट

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

राम मण्डल मंसिर ४ बीरगञ्ज  बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।