जंगली हात्तीको आतंकका कारण ठोरीका बासिन्दा रातभर जाग्राम बस्न बाध्य

   
274   पटक पढिएको

ठोरी ,१८ साउन 
जंगली हात्तीको आतंकका कारण ठोरीका बासिन्दा रातभर जाग्राम बस्न बाध्य भएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जबाट गाउं पसेको हात्ती रातभर गाउंलेको घर चाहार्दै भण्डारण गरी राखेको धान मकै खानुका साथै घर भत्काएर क्षति पुर्याउने गरेपछि यहांका बासिन्दा ज्यान जोगाउन रातभर जाग्राम बस्न बाध्य भएका हुन् ।समसांझै हात्ती गाउंमा पसेर उपद्रो मच्चाउने भएकाले कतिखेर आएर घर भत्काउने हो र ज्यानै लिने चिन्ताले रातभर जाग्राम बस्ने गरेको स्थानीय प्रेम कुंवरले बताउनुभयो  ।

स्थानीय पदमबहादुर कुवंर भन्नुहुन्छ ’आज रातभर सुत्न पाएका छैनौं । सांझ हनुमाननगरबाट पसेको हात्ती ८ बजे सरस्वतीनगर आइपुग्यो । कहिले अल्लो घर, कहिले पल्लो घर । हात्ती गाउंमै बिहानसम्म चाहार्दै बस्यो । कसैको मकै खाइदिने । कसैको धान खाइदिने । ज्यानै जोगाउन मुस्किल भयो । रातभर कराउंदा कराउंदै स्वर बसेको छ । आंखा झिमिक्क गर्न पाएका छैनौं ।’
घरको चोटामा बसेर होहल्ला गर्ने, टीन ठटाउने, टर्च बाल्ने गर्दा समेत हात्तीले अटेर गरेर घरको पाली, बार भत्काएर भण्डारण गरी राखेको अन्नपात खाइदिने गरेको अर्का स्थानीय सन्तोष फुयांलले बताउनुभयो  ।

हात्तीले रोजीनगर, सरस्वतीनगर, हनुमाननगर, गौतमननगर, इच्छानगर लगायतका ठाउंमा बढी सताउने गरेको उनले बताए । हात्तीले ठोरीमा यो बर्षको तीन महिना यता दुई दर्जन भन्दा बढी घर भत्काएर क्षति पुर्याएको छ । हात्तीले दैनिक मकैबालीमा क्षति पुर्याएकाले यो बर्ष मकै उत्पादनमा समेत ह्रास आएको छ । हात्तीले दैनिक गाउंमा पसेर मानव जनजीवन आतंकित बनाउदा समेत सम्बन्धित निकायले कुनै चासो नदेखाएको स्थानीयले आरोप लगाएका छन्
 

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

राम मण्डल मंसिर ४ बीरगञ्ज  बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।