स्वास्थ्यकर्मीहरु आज देखि आन्दोलनमा

स्वास्थ्यकर्मीहरु आज देखि आन्दोलनमा

   
31   पटक पढिएको

वीरगंज,१७ साउन चिकित्सक र स्वास्थ्यकर्मी माथी भएको हातपातको घटनाको विरोधमा वीरगंजको नारायणी उपक्षेत्रीय अस्पतालमा बहिरङ अर्थात ओपिडी सेवा बन्द गरेर चिकित्सक र स्वास्थ्यकर्मीहरु आज देखि आन्दोलनमा उत्रिएका छन् । घटनामा संलग्न रहेकाहरुलाइ कार्वाहीको माग गर्दै अस्पतालको ओपिडी सेवा ठप्प पारेर उनिहरु आन्दोलनमा उत्रिएका हुन् ।गत आइतवार नारायणी उपक्षेत्रीय अस्पतालको गाइनो वार्डमा कार्यरत डाक्टर चाँदनी पाण्डे, स्टाफ नर्स ज्योति चौधरी र सुरक्षा गार्ड अफताब देवान तथा सादा पोशाकमा रहेका प्रहरी हवलदार अखिल खडकालाई नगवाका केहि युवकहरुले हातपात गरी घाइते बनाएको घटनाको विरोधमा अस्पतालका चिकित्सक र कर्मचारीहरुले सुरक्षाको माग गर्दै आज देखि अस्पतालको ओपिडी सेवा ठप्प पारेका हुन् । घटनामा संलग्न रहेका नगवाका अख्तर हवारी र निरन्जन पटेल पक्राउ परेपनि प्रहरीले ती दुवै युवकलाइ कार्वाही नै नगरि छोड्ने चलखेल गरेको भन्दै अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरु आज देखि आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनरत चिकित्सक र स्वास्थ्यकर्मीहरुले घटनामा संलग्नहरुलाइ कार्वाहीको माग गर्दै आज जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र पनि बुझाएका छन् । आन्दोलनरत चिकित्सक र स्वास्थ्यकर्मीहरुले अस्पतालमा काम गर्ने चिकित्सक र कर्मचारीको सुरक्षाको ग्यारेण्टी गर्नु पर्ने, आगामि दिनमा यस्ता क्रियालाप हुन नदिने र पक्राउ परेकाहरुलाइ कारवाहि गर्नु पर्ने माग सहितको ज्ञापन पत्र पर्साका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेललाइ बुझाएका हुन् । घटनामा संलग्नलाई कारवाहि नगरि उन्मुक्ति दिए आफुहरु चरणबद्ध आन्दोलनमा उत्रन बाध्य हुने अस्पतालका बरिष्ठ फिजिसियन डाक्टर निरज सिंहले चेतावनि दिनुभयो । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले भने अस्पताल जस्तो संवेदनशिल ठाउँ असुरक्षित रहनु दुखद भएको भन्दै घटनामा संलग्नहरुलाइ कार्वाही हुने बताउनु भयो ।

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

पर्साको बहुदरमाई नगरपालिका

पर्साको बहुदरमाई नगरपालिका

बीरगंजको मतगणना कार्य शुरु

बीरगंजको मतगणना कार्य शुरु

पर्साको पर्सागढी नगरपालिका अपडेट

पर्साको पर्सागढी नगरपालिका अपडेट पर्साको कालिकामाई गाउपालिका  नेपाल संघीय समाजबादी  १८० कांग्रेस १२९ फोरम १२२

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।