नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

   
63   पटक पढिएको
गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ । 

भावी आईजिपीको रेसमा १ नम्बरमा खनाल र दोस्रोमा खरेल किन ?

गृह मन्त्रालयका बढुवा समितिले  भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ । आगामी डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा परेपछि आम नेपाली जनताको मनमा यति बेला खुशीयाली छाएको छ । जनतामा नेपाल प्रहरी संगठनप्रति हेर्ने दृष्टिकोण बदलिएको छ । प्रहरी कर्मचारी इमान्दार र कर्तब्यनिष्ट हुने हो भने मुलुक मा आमूल परिवर्तन ल्याउन सकिन्छ र समतामुलक सामाजको निमार्ण हुन्छ । प्रहरी भनेको राष्ट्रको सेवक र कानुनको रक्षक हो । एस.एस.पि सर्वेन्द्र खनाल भन्नुहुन्छ प्रहरीले सरकारको आदेश पालना गर्दै जनताको सेवा गर्ने  र कानुनको रक्षा गर्ने हो । वहा भन्नुहुन्छ कार्यपालिकामा प्रहरी सरकार भन्दा माथि छैन,सरकारको एक अंग मात्र हो । वहाको सफल अनुसंन्धान र कार्य कुशलताको मुल्याङ्कन गर्दै प्रहरी प्रधान कार्यालयले डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा राखेको छ ।

 

अझै एसएसपी खनालको फरक र रोचक अनुसन्धानको सफल घटनाहरु के–के हुन त ?

१. काठमाडौको विभिन्न स्थानबाट एकैसाथ विभिन्न कम्पनीमा छापामारी हुण्डीको अबैध कारोवार नियन्त्रणमा लिएको हो । अबैध हुण्डीको कारोवार ,मनि एक्सच्याञ्ज तथा मनि ट्रान्सफरको नाममा ठमेल, न्यूरोड, विशालवजार, माछापोखरी, सुन्धारा लगायतका क्षेत्रमा हुण्डीको कारोवार गर्ने आठवटा कम्पनीमा छापामारी महाशाखाले पाँचजना सञ्चालकलाई पक्राउ गरि कारवाही गरेको छ । 

२. राष्ट्रको गौरवको विषय रहेको म्याच फिक्सिङको भण्डाफोर गर्नु भएको छ । नेपालको राष्ट्रिय फुटवल टिमका चारजना खेलाडीले अन्तर्रा्ष्ट्रिय गिरोहसंगको मिलिमतोमा अन्तराष्ट्रिय प्रतियोगितामा म्याच फिक्सिङ गरी रकम लेनदेन गरेको अभियोगमा क्याप्टेन सागर थापा सहित सन्दिप राई, रितेस थापा र विकाससिंह क्षेत्रीलाई पक्राउ गर्रयो । पैसाका लागि राष्ट्रियता नै विक्री गरेको भन्दै देशद्रोही मुद्धामा कारवाही चलाउदा अदालतबाट धरौटिमा रिहा भएका छन ।

३. बैदेशीक रोजगारका नाममा आकर्षक तलव सुविधा देखाइ ठगी गर्ने १७ वटा म्यानपावर कम्पनीमा छापामारी आठजना सञ्चालकलाई समेत कारवाही गएिको छ । राजधानीका विभिन्न ठाँउमा सञ्चालित म्यानपावर कम्पनीमा एकैसाथ छापामारी फ्रि भिसा फ्रि टिकटका नाममा लाखौ रुपियाँ अशुली ठगी गर्ने विरुद्धको कारवाहीमा सातसय ५० मध्ये अधिकांसको ठगी धन्दा रहेको खुलासा गर्नु भएको छ ।

४. राजधानीमा सञ्चालित एजुकेसन कन्सल्टेन्सीहरुले उच्चशिक्षाका लागि विदेश पढ्न जाने विद्यार्थीहरुलाई ठगी गर्ने गरेको गुनासोका आधारमा छापा मार्दा नक्कली कागजपत्र तयार पारी ५० लाख रुपियाँसम्म ठगी गर्ने २५ वटा कन्सल्टेन्सीमा छापामारी सञ्चालकलाई ठगी मुद्धामा कारवाही गरेको छ । यस्ता कन्सलटेन्सीहरुले सरकारी कर्मचारीको मिलिमतोमा विद्यार्थीहरुलाई ठगी गरेको खुलासा भएको थियो ।

५. पेट्रोल पम्पमा रिमोर्ट कन्ट्रोल प्रयोग गरी सर्वसाधारण उपभोक्तालाई वर्षौदेखि ठगी गर्ने १९ वटा पेट्रोल पम्पमा प्रहरीले  छापामारी आठवटा पम्प सञ्चालकलाई नियन्त्रणमा लिएको थियोे । सोही अभियोगमा पाँचजना भारतीय प्राविधिकहरुको टोलीलाई पनि पक्राउ गर्न सफल भयो । पक्राउ पर्ने प्राविधिकहरुमा भारत विहारका नसिम सिद्धिकी, अयुव अलाम, हमिद हुसेन, मोहम्मद अवार र शेखर इस्तिज छन् । छ जना पम्प सञ्चालक अझै फरार छन् ।

 ६. अबैध रुपमा सञ्चालित युनिटी ब्यापारका सञ्चालक विष्णुबहादुर क्षेत्री र कृष्णबहादुर क्षेत्रीलाई भारतको देहरादुनबाट पक्राउ गरेको छ । नेपाल प्रहरीको मोष्ट वाण्टेडमा रहेका ती दुईदाजुभाइलाई माछापालन गरी रहेको अबस्थामा उनीहरुलाई भारतबाट पक्राउ गरी नेपाल ल्याई कानुनी कारवाही गएिको छ  ।

७. सामाखुशी–लाजिम्पाट क्षेत्रलाई गुण्डागर्दीको अखडा बनाउदै आएका कुमार घैटे लाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि उल्टै घैटे समूहबाट आक्रमणको प्रयास भएपछि अपराध महाशाखाको टोलीले जवाफी कारवाहीमा १५ राउण्ड गोली प्रहार गरेको थियो । सो मध्ये आठ गोलीले घैटेको घटनास्थलमै मृत्यु भएको थियो ।

८. सन्की नामले परिचित रावणजीत तामाङलाई सुन्धारास्थित वेविलोन डिस्कोमा झगडा गरिरहेको अवस्थामा अपराध महाशाखाको टोलीले घुडामुनी तीन राउण्ड गोली प्रहार गरि नियन्त्रणमा लिन सफल भयो । भुकम्पका कारण सिन्धुपाल्चोकस्थित कारागार भत्किदा भागेको भनिएका रावणजीत लागूऔषध मुद्धामा १० वर्ष कैद सजाय सुनाइएका अपराधि हुन । तर, उनले सो मुद्धामा अर्कै ब्यक्तिलाई थुना बस्न लगाइ आफू भने छ महिनादेखि वाहिर बसेर मस्ती गर्दै आएका थिए । सो कुरा उनको पक्राउपछि सार्वजनिक भएको हो ।

९. माओवादी जनयुद्धकालमा भागेका पूर्व भगौडा प्रहरी छोटेलाल ठाकुरलाई अपराध महाशाखाको टोलीले खिचापोखरीस्थित लुम्वीनी पाहुनाघरबाट नियन्त्रण लिन खोज्दा उल्टै गोली प्रहार गरे । त्यसको प्रतिवादमा प्रहरीले पनि छोटलालको घुडामुनि दुई राउण्ड गोली हानी नियन्त्रण लिएको हो । उनले पाँचवर्षअघि रत्नपार्कमा भएको प्रहरीसंघको झडपमा प्रहरीको अत्याधुनिक हतियार र वाकीट्वाकी सेट समेत खोसेर भागेका थिए ।

१०. भारतीय प्रहरीको मोस्ट वान्टेड सुचीमा रहेका बब्लु दुबेले पर्सा जिल्लालाई आश्रय स्थल बनाई विभिन्न आपराधिक क्रियाकलापमा संलगन रहेको आरोपमा अन्चल प्रहरी कार्यालय हेटौडामा रहेका एसएसपी खनालले काठमाडौको एक होटेलबाट पक्राउ गरि कारवाहीको भारतीय प्रहरीको जिम्मा लगाउनु भएको थियो ।

 

गृह मन्त्रालयको बढुवा समितिले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा गर्दा एक नम्बरमा एसएसपी सर्वेन्द्र खनाललाई सिफारिस गरेकाले अहिलेदेखि नै भावी प्रहरी महानिरीक्षक (आईजीपी) हुने आकलन गर्न थालिएकोे छ । विगतमा भावी आईजीपीको दाबेदार मानिएका रमेश खरेल पहिलो वरीयतामा बढुवा सिफारिसमा नपरेकाले तथा कार्य सम्पादन मुल्याङ्कनको आधारमा डि.आई.जि.को सिफारीसमा १ नम्बरमा परेकाले खनाललाई भावी आईजीपी बन्ने देखिएको छ । 

गृह मन्त्रालयको बढुवा समितिका अनुसार खनालले कुल १०० पूर्णांकमा ८४ दशमलव ४७३४ अंक पाउँदा खरेलले ८३ दशमलव ८५१० अंक प्राप्त गरेका छन् । तेस्रोमा पुष्कर कार्कीले ७८ दशमलव २३११ अंक प्राप्त गर्दा चौथोमा ७८ दशमलव १८५६ अंकसहित उत्तमकुमार कार्की बढुवा सिफारिसमा परेका छन् । यो सिफारिस अनुसार नौ महिनापछि हुने आईजीपीका लागि गृह मन्त्रालयले फेरी कार्य सम्पादन मुल्याङ्कनको आधारमा चार जनालाई प्रतिस्पर्धीको रुपमा अगाडि सार्न सक्ने देखिन्छ ।

२०४५ सालमा भर्ना भएको रमेश खरेल एसएसपीमा बढुवा हुँदा पहिलो नम्बरमा थिए । तर डीआईजी सिफारिसमा उनले पहिलो नम्बरलाई निरन्तरता दिन सकेनन् । २०४६ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका सर्वेन्द्र खनालले उनलाई उछिने । ९ महिनापछि खनाल आईजीपी भएको अवस्थामा झण्डै दुई वर्ष प्रहरी संगठनको नेतृत्व गर्नेछन् र खरेल एआइजि भएर अवकाश लिनेछन ।यदि खरेल भावी आइ.जि.पि. हुनुभयो भने १० महिना मात्र प्रहरी संगठनको नेतृत्व गर्नेछन ।

गृह मन्त्रालय मातहतको सुरक्षा निकाय नेपाल प्रहरीमा केहि अपवादबाहेक वरिष्ठताका आधारमा पहिलो वरीयताकालाई आईजीपी बनाउने चलन छ । नेपाल प्रहरीको भावी आईजीपी कुनै ऐन र नियमावली परिवर्तन नभएको अवस्थामा आगामी २८ चैतमा नयाँ आईजीपी नियुक्ति हुनेछ । सशस्त्र प्रहरीमा एआईजीबाटै आईजीपी हुनेछ । तर नेपाल प्रहरीमा एआईजीबाट आईजीपी हुने सम्भावना छैन । हालका आईजीपी प्रकाश अर्यालसँगै अब एआईजीका लागि सिफारिसमा परेका सबै ११ जना एआईजी ३० बर्से सेवा हदका कारण २८ चैतमा नै अनिवार्य अवकाशमा जाने भएकाले अहिलेको आईजीपी प्रकाश अर्याल जस्तै डीआईजीबाटै आईजीपी बनाउनु पर्ने बाध्यता छ ।यस्तो स्थितिमा भावी आईजीपीका प्रमुख दाबेदारका रुपमा खनाल अघि देखिएका छन् । उनीपछि मात्रै खरेल छन् । उसो त खनालका ब्याजीका अरु डिआईजिहरु भावी आईजीपीका दाबेदार छन । 

भावी आईजिपिका दाबेदार सर्वेन्द्र खनाल सरल र मिलनसार स्वभावको रहेको बताईन्छ भने रमेश खरेल हक्की स्वभावका प्रहरी अधिकृत हुन । हक्की स्वभावका खरेललार्ई दोस्रो वरीयतामा झारिनुलाई उनले पक्कै नै गम्भीर रुपमा लिएको हुनुपर्छ । त्यससँगै भावी आईजीपी बन्न उनले आगामी दिनमा के कस्तो भूमिका खेल्छन, आगामी दिनले प्रष्ट पार्ने छ । रमेश खरेलले एक संचारमाध्यमको अन्तर्वार्ताकै क्रममा प्रहरी संगठनमा अहिले पनि घुसखोरी रहेको र ब्रिफकेश लिएर नेताको घरमा पुगेको भन्दै प्रहरी अधिकृतलाई नै  आरोप लगाएका थिए । निडर स्वभावका खरेलले वामदेव गौतम गृहमन्त्री हुँदा डीआईजी बढुवाका लागि ब्रिफकेस बोकेर हिड्ने गरिएको सार्वजनिक अभिव्यक्तिसमेत दिएका थिए । उनको सो भनाइले प्रहरीवृत्तमा हंगामा मच्चाएको थियो ।

यदि सर्वेन्द्र खनालले आफनो यहि साख जोगाई अझै उत्कृष्ट कार्य गर्नुभयो भने पक्कै भावी आईजिपि हुने निश्चित छ । आईजिपिको रेसमा रहेका खरेलले भावी आईजिपिको लागि अझै धेरै मिहेन्त गनुपर्ने देखिन्छ । अब आगामी दिनमा भावी आईजिपिको लागि खनाल र खरेलको कार्य सम्पादनले नै यात्रा तय गर्ने छ । हुन दुबै प्रहरी उच्च अधिकृतहरु प्रहरी संगठनको नेतृत्व गर्नमा पोख्त रहेको देखिन्छन । 

 

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

पर्साको बहुदरमाई नगरपालिका

पर्साको बहुदरमाई नगरपालिका

बीरगंजको मतगणना कार्य शुरु

बीरगंजको मतगणना कार्य शुरु

पर्साको पर्सागढी नगरपालिका अपडेट

पर्साको पर्सागढी नगरपालिका अपडेट पर्साको कालिकामाई गाउपालिका  नेपाल संघीय समाजबादी  १८० कांग्रेस १२९ फोरम १२२

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।