२० बोरा शिवम् सिमेन्ट किन्दा १ बोरा सित्तैमा

   
161   पटक पढिएको

१४ असार, काठमाडौं । विगत लामो समयदेखि गुणस्तरयुक्त असली ओपीसी सिमेन्ट उत्पादन गर्दै निर्माण क्षेत्रमा एक अग्रणी स्थान हासिल गर्न सफल शिवम् सिमेन्टले समय-समयमा आफ्ना ग्राहकहरुलाई विभिन्न योजनाहरु मार्फत्सम्मान गर्दै आएको छ ।

शिवम् सिमेन्टले प्रस्तुत गरेका विभिन्न सम्मानले ग्राहकहरुलाई थप उत्साह प्रदान गर्दै सहुलियत दिँदै आइरहेको विश्वास कम्पनीले लिएको छ । यसै सिलसिलामा हाल कम्पनीले विशेष योजना ल्याएको छ ।

यस सम्मान योजना अन्तर्गत अबदेखि शिवम् सिमेन्टका प्रत्येक २० बोराको खरिदमा अर्को १ बोरा शिवम् सिमेन्ट सित्तैमा दिने भएको छ ।

शिवम् सिमेन्ट लिमिटेडले गत वर्षको दशैं, तिहार र छठ पर्वको अवसरमा पनि आˆना सम्पूर्ण ग्राहकहरुलाई चाडपर्वको शुभकामना व्यक्त गर्दै “चाँदी नै चाँदी” नामक योजना स्वरुप सम्मान व्यक्त गरेको थियो ।

सो योजना अन्तर्गत, चाडपर्वको अवसरमा शिवम् सिमेन्टले प्रत्येक ४० बोरा सिमेन्टको खरिदमा १० ग्राम “लक्ष्मी-गणेश”अकिंत चाँदीको सिक्का उपहार योजना लागू गरेको थियो ।

आˆनै चुन ढुङ्गा खानीबाट ल्याइएको उच्च कोटीको चुन ढुङ्गा प्रयोग गरी उत्पादन गरिने गुणस्तरीय शिवम् ओपिसि सिमेन्टले छोटो अवधिमै ग्राहक सामु राम्रो लोकप्रियता हासिल गर्न सफल भएको छ ।

नेपाल गुणस्तर प्रमाण चिन्ह प्राप्त शिवम् सिमेन्ट संधै गुणस्तरप्रेमि उपभोगताको मन जित्न प्रयासरत रहने प्रतिबद्धता समेत प्रेस विज्ञप्तिमा व्यक्त भएको छ ।

मकवानपुरको गढी क्षेत्रमा आफ्नै चुनढुङ्गा खानी भएको शिवम् शिमेन्टले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न समयमा सडक निर्माण, खानेपानी व्यवस्थापन, विद्यालय संचालनमा सहयोग, स्वास्थ्य संचालनमा सहयोग, वातावरण व्यस्थापन लगायत वृक्षारोपण जस्ता विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।